वीरगञ्ज : संघीय समाजवादी फोरम, नेपालका
अध्यक्ष उपेन्द्र यादवले व्यवस्थापिका संसदले स्वीकृत
गरेको संविधान संशोधन प्रस्ताव आन्दोलित
मोर्चालाई मान्य नभएको बताएका छन्।
फोरम नेपाल पर्साले क्षेत्र नम्बर २ को बगहीमा
आयोजना गरेको कार्यक्रममा अध्यक्ष यादवले
मोर्चाले उठाएको माग अनुसार संविधान संशोधन
नभएसम्म आन्दोलन नरोकिने बताए। ‘विरोधका
बावजूद जबरजस्ती संविधान जारी गरिए जस्तै संशोधन
पनि बलपूर्वक गर्न खोजिए मोर्चालाई त्यो मान्य
हुँदैन’, यादवले भने, ‘मोर्चाले स्वामित्वग्रहण गर्ने गरी
सहमतिमा संशोधन गरे मात्र मुलुकले निकास पाउँछ।’
उत्पीडनमा परेका मधेसी, आदिवासी जनजाति,
मुस्लिम, थारु, महिला लगायतले उठाएको माग नयाँ
संविधानमा सुनिश्चित नहुँदासम्म आन्दोलन जारी
रहने यादवले बताए। ‘यो अधिकार प्राप्तिको लडाइँ
हो, जनतालाई अब गुलामी स्वकार्य छैन’– उनले भने।
असन्तुष्ट पक्षको माग सम्बोधन गर्न नचाहेकोले गर्दा
वार्ता सफल हुन नसकेको उनले बताए।
‘सरकार आफै वार्ता सफल हुन दिने पक्षमा छैन’,
मोर्चाको माग सम्बोधन गर्न सरकारले बेवास्ता
गरेको आरोप लगाउँदै अध्यक्ष यादवले भने, ‘सरकारले
समाधान चाहेको भए जनताले यदि हदसम्म दुःख
पाउथेनन्।’
Home »
Nepali News
» मोर्चाको सहमतिमा संविधान संशोधन भए
मुलुकले निकास पाउँछः.यादव
मोर्चाको सहमतिमा संविधान संशोधन भए मुलुकले निकास पाउँछः.यादव
Posted by Unknown
Posted on 3:53 AM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment