काठमाडौं – गृहमन्त्री शक्ति बस्नेतले यातायात क्षेत्रमा देखिएको सिन्डकेट जतिसक्दो चाँडो हटाउने बताएका छन् । आज गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयको ‘२९ बुँदे सोच–प्रतिबद्धता पत्र’ सार्वजनिक गर्दै मन्त्रीले सिन्डकेट समाप्त पारी स्वच्छ र प्रतिस्पर्धात्मक यातायात प्रणाली विकास गर्ने बताएका हुन् ।
‘राजमार्ग र सहायक मार्गमा अवरोध हुन नदिन यातायातमा देखिएको सिन्डकेट समाप्त पारी स्वच्छ र प्रतिस्पर्धात्मक यातायता प्रणाली विकास गरिनेछ’ उनले भने, ‘रुकुम–जाजरकोटबाट शुरु भयो । सवै जिल्लामा जतिसक्दो चाँडो लागु गरिन्छ ।’
मन्त्री बस्नेतले कालबजारी नियन्त्रणका लागि विशेष अभियान चलाउने पनि बताए । नाकाबन्दीसँगै पेट्रोलिय पदार्थ र दैनिक उपभोग्य बस्तुमा बढ्दो कालोबजारीले सर्वसाधरण मर्कामा परेको बेला मन्त्री बस्नेतले आफ्नो योजना सुनाएका हुन् ।
उनले गुन्डागर्दी नियन्त्रण, देशका मुख्य शहरमा सिसि टिभी जडान, देशभरका रेडियोबाट सार्वजनिक सुनुवाई र मेसिन रिडेवल भिसा प्रणालीपनि आफ्नो मन्त्रालयको कार्ययोजनामा रहेको जानकारी दिए । मन्त्री बस्नेतले जिल्लागत रुपमा अपराध र सीमा सम्बन्धी प्रोफाइल तयार पारिने बताए ।
0 comments:
Post a Comment