Home » » प्रधानमन्त्री ओली चीनभन्दा पहिले भारत जाने: परराष्ट्रमन्त्री थापा

प्रधानमन्त्री ओली चीनभन्दा पहिले भारत जाने: परराष्ट्रमन्त्री थापा

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री केपी ओलीले चीन भन्दा पहिले भारतको भ्रमण गर्ने वताएका छन्। वुधवार दिउँसो रिपोर्टर्स क्लबको कार्यक्रममा बोल्दै उनले भने–भारतबाट पहिले भ्रमणको निम्तो आएको हुनाले चीन भन्दा पहिले उहाँ भारत जानुहुन्छ। ’

उनले भने–मित्र राष्ट्र चीनवाट पनि निम्तो आएको छ । प्रधानमन्त्री ओलीले दुवै देशको भ्रमण गर्नु हुन्छ।

ओली प्रधानमन्त्री नियुक्त भएकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई फोन गरेर भारत भ्रमणको निम्तो दिएका थिए।  अघिल्लो साता दुई प्रधानमन्त्रीवीच भएको टेलिफोन संवादमा पनि मोदीले सो निम्तो दोहोयाएका थिए।

फ्रेब्रुअरी महिनाको पहिलो वा दोस्रो हप्ता भारत जाने गरी परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको उनले जानकारी दिए। 

परराष्ट्रमन्त्री थापाले सरकारले भारत र चीन दुवैसँगको सम्बन्धलाई आपसमा दाँजेर नहेर्ने बताए। उनले दुवै मुलुकसँगको सम्बन्धको आफ्नै महत्व रहेको भन्दै सरकारले अब आर्थिक कुटनीतिलाई बढ्ता प्रााथमिकता दिने बताए।

उनले आर्थिक कुटनीतिलाई प्रभावकारी बनाउन संरचनागत र नीतिगत सुधारको काम अगाडि बढाइसकेको समेत बताए। उनले विभिन्न मुलुकमा रिक्त राजदूतको पदपूर्ति चाँडै गरिने पनि बताए।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved