Home » » कुवेत जेलमा पुगेकी शोभालाई उकासेर साहुले माग्यो चार लाख....

कुवेत जेलमा पुगेकी शोभालाई उकासेर साहुले माग्यो चार लाख....


काठमाडौं, पुस २२ - तीन हप्ताअघि कुवेतको जेलमा परेकी मकवानपुरकी शोभा तामाङलाई साहुले घरमा लगेर थुनेको छ ।
कुवेतस्थित नेपाली दूतावासका कर्मचारीको सल्लाहमा घर फर्किन जेलमा गएकी तामाङलाई उहाँले काम गर्ने घरको साहुले
जेलबाट निकालेर लगेको हो । शोभालाई अहिले घरमा
थुनिएको उहाँका दिदी टिका तामाङले जानकारी
दिनुभयो । लामो समयदेखि नेपाल फर्किन कोशिस
गरिरहेकी शोभालाई साहुले घर फर्किन दिएको छैन ।
नेपाल फर्किनु पहिले साहुले एक हजार केडी मागेको छ ।
चार लाख रुपैयाँ नबुझाएसम्म फर्किन नदिने बताएको कुवेतमै
कार्यरत चितवनका तिर्थ थापाले जानकारी दिनुभयो ।
उहाँले परिवारमा खबर गरेर तत्काल रकम पठाउन पनि भन्नु
भएको छ । तर परिवारले थापालाई चिनेका छैनन् ।
शोभा तामाङलाई फोन गर्दा तिर्थले उठाएर घटना
जानकारी गराएको परिवारले बताएका छन् । अढाई
वर्षअघि कुवेत पुगेकी शोभाले जति काम गर्दापनि पैसा
नपाएपछि घर फर्किन खोज्नु भएको थियो । तर साहुले
पासपोर्ट नदिएपछि घर फर्कन सक्नु भएको थिएन ।
पासपोर्ट माग्दा साहुले उल्टै पैसा माग्दै आएको थियो ।
लामो समयसम्म पैसा नपाएपछि दूतावासमा सम्पर्क गरेकी
शोभालाई दूतावासका कर्मचारीले जेलमा जान सल्लाह
दिएपछि उहाँ भागेर जेल जानु भएको थियो ।
तीन सातापछि मंगलबार साहु आएर जेलबाट निकालेर लगेको र अहिले घरैमा थुनिरहेको छ । आफन्त उहाँलाई नेपाल फर्काउन हार
गुहार गरिरहेका छन् । शोभाको उद्धारका लागि सहयोग गर्न दिदी टिका तामाङले आग्रह गर्नुभयो । शोभालाई दलालले
कुवेतमा लगेर एउटा घरमा जिम्मा लगाएको थियो । १४ महिनासम्म कमाई थोरै र काम कडा भएपनि काम गरिरहेकी शोभा
बिरामि भएपछि घर फर्किन खोजेपनि पाउनु भएन ।
उहाँलाई त्यो घरमा पठाउने अफिसमा जाँदा अफिसले उपचारमा सहयोग गरेपनि घर फर्कन दिएन । अर्को घरमा पठायो । पहिला
काम गरेको घरबाट पाउन बाँकी रकम पनि शोभालाई हात लागेन । अन्य नेपालीको सहयोगमा फेरी अर्को घरमा काम थालेपनि
पैसा नपाएपछि उहाँ भागेर जेल जानु भएको हो । अहिले शोभालाई जेलमा भन्दा समस्या भएको तिर्थले जानकारी दिनुभयो ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved