Home » » प्रधानमन्त्री ओलीद्वारा मोदीलाई समवेदना

प्रधानमन्त्री ओलीद्वारा मोदीलाई समवेदना

काठमाडौं, पुस २२ । प्रधानमन्त्री केपी शर्मा
ओलीले आफ्ना भारतीय समकक्षी नरेन्द्र
मोदीलाई गत शनिबार पठानकोटस्थित
वायुसेनाको आधार शिविरमा भएको
आतंकवादी आक्रमणमा परी अमूल्य ज्यान
गुमेकामा हार्दिक समवेदना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले प्रधानमन्त्री
मोदीलाई बुधबार एक समवेदना सन्देश पठाउँदै
‘आतंकवादको जुनसुकै रुप र प्रकटीकरणको नेपाल
सरकार निन्दा गर्छ’–भनेका छन् ।
आक्रमणमा घाइते भएकाको शीघ्र
स्वास्थ्यलाभको कामना गर्दै सन्देशमा
प्रधानमन्त्रीले उक्त आततायी आक्रमणका
दोषीहरु चाँडोभन्दा चाँडो कानुनको
कठघरामा उभ्याइने विश्वास व्यक्त गरेका छन्

सन्देशमा प्रधानमन्त्री ओलीले नेपाल सरकार,
नेपाली जनता र आफ्नातर्फबाट प्रधानमन्त्री
मोदीमार्फत आक्रमणमा ज्यान गुमाएकाका
परिवारजनप्रति हार्दिक समवेदना एवं
सहानुभूति व्यक्त गरेका छन् । रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved