विराटनगर, १६ पुस । उपप्रधानमन्त्री एवम् मधेसी
जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का
अध्यक्ष विजयकुमार गच्छदारले संविधानमा सबैको
अधिकार समेटेको बताउनुभएको छ ।
यहाँ आज पार्टीका अगुवा कार्यकर्तालाई
सम्बोधन गर्दै उहाँले आफ्नै संविधान आफैँले बनाउने ६५
वर्षदेखिकोे जनताको सपना साकार भएको बताउँदै
तराई–मधेसको आन्दोलनले मुलुकलाई ठूलो घाटा
भएको र सबैभन्दा बढी मधेसकै जनजीवन तहसनहस
भएको छ भन्नुभयो ।
उहाँले आफ्नो दलले भर्खरै महाधिवेशन गर्ने निर्णय
गरेको जानकारी दिँदै उहाँले पार्टीको
सङ्गठनलाई बलियो र विस्तार गर्न
कार्यकर्तालाई आह्वान गर्नुभयो ।
दलका जिल्ला अध्यक्ष भक्तिनाथ माझीको
अध्यक्षतामा भएको उक्त कार्यक्रममा केन्द्रीय
सचिव चन्देश्वर खत्रीले पार्टीको सङ्गठनलाई अझ
प्रभावकारी बनाउनुपर्ने विषयमा जोड दिनुभयो ।
रासस
Home »
Nepali News
» गच्छदार भन्छन्- संविधानमा सबैले अधिकार पाएका छन्, मधेस आन्दोलनको आचित्य छैन्....
गच्छदार भन्छन्- संविधानमा सबैले अधिकार पाएका छन्, मधेस आन्दोलनको आचित्य छैन्....
Posted by Unknown
Posted on 5:26 AM
with No comments
Related News you might like to see :
Labels:
Nepali News
0 comments:
Post a Comment