भक्तपुर, १६ पुस । सूचना तथा सञ्चारमन्त्री शेरधन
राईले संविधानले तोकेको अवधिसम्म वर्तमान
सरकार रहने बताउनुभएको छ ।
प्रेस चौतारी नेपाल भक्तपुरको तेस्रो जिल्ला
अधिवेशन र आठौँ साधारणसभामा आज उहाँले
भन्नुभयो– “संविधानले तोकेको समयभन्दा बढी
यो सरकार जाँदैन, त्यो बेलासम्म संविधान
कार्यान्वयन गर्ने, जनताले थाहा पाउने गरी
परिवर्तन गर्ने र सङ्घीय एवम् स्थानीय निकायको
निर्वाचन गर्ने जिम्मेवारी यही सरकारले पूरा गर्छ
।”
सरकारका प्रवक्ता राईले बाध्य भएर सरकारको
आकार ठूलो बनाउनु परेको जिकिर गर्दै भन्नुभयो–
“अहिले सहज परिस्थिति छैन, दलहरुको संयुक्त सरकार
बनाउँदा ठूला दल र साना दल भनेर भन्नु हुँदैन,
संविधान जारी गर्न सबै दलको भूमिका रहेकाले
त्यसको मूल्याङ्कन गर्दा सरकारको आकार ठूलो
भएको हो ।”
सरकारले मधेस समस्याको निकासका लागि
निर्णायक वार्ताको मिति तोक्न लागेको र
सरकारले नाकाबन्दी अन्त्य गर्न अघि सारेको ठोस
प्रस्ताव र दृष्टिकोणलाई भारतले समेत सकारात्मक
रुपमा लिएको बताउँदै उहाँले मधेसको समस्याका
लागि आन्दोलनरत मधेस मोर्चासँग औपचारिक र
अनौपचारिक रुपमा छलफल भइरहेको जानकारी
दिनुभयो ।
मन्त्री राईले भन्नुभयो– “संविधान च्यात्ने,
जलाउने र कार्यान्वयन हुन नदिने कार्य सह्य हुँदैन,
देश, राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डताका
विरुद्ध सरकार कुनै कुरामा पनि सम्झौता गर्दैन ।”
मन्त्री राईले सबैको भावना समेट्दै नेपालको
संविधान सम्झौता र सहमतिको साथ आएकाले
कसैले भनेजस्तो एकपक्षीय नभएको बताउँदै
भन्नुभयो-“बहुसांस्कृतिक मुलुक नेपालमा सबै
जातजाति, भाषा र धार्मिक समुदायलाई समेटेर
संविधानसभाले लोकतान्त्रिक विधिबाट
संविधान जारी गर्नु नेपालको सफलता हो ।”
पुनःसंरचनाको कामलाई अब युद्धस्तरमा लैजाने
बताउँदै मन्त्री राईले राष्ट्रनिर्माणको एक मात्र
कार्यसूचलाई सरकारले अगाडि बढाएको
बताउनुभयो ।
कार्यक्रममा पूर्व उद्योगमन्त्री तथा नेकपा
(एमाले)का नेता महेश बस्नेतले संविधान
कार्यान्वयनका लागि सबै जिम्मेवार भएर
लाग्नुपर्ने औँल्याउनुभयो । एमालेका केन्द्रीय सदस्य
सोम मिश्र, सांसद केदार सञ्जेल, प्रजिअ तोयम
राया, स्थानीय विकास अधिकारी पशुपतिबाबु
पुरी, नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष
अमर भुजलगायतले प्रेस जगत् कुनै पनि जात, दल र
व्यक्तिको नभई स्वतन्त्र हुनुपर्नेमा जोड दिनुभयो ।
चौतारी भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाईंको
सभापतित्वमा सम्पन्न सो कार्यक्रममा
चौतारीका सचिव गणेश पाण्डेलाई सम्मान
गरिएको थियो । रासस
Home »
Nepali News
» संविधान च्यात्ने, जलाउने र कार्यान्वयन हुन नदिनेलाई
सरकारले नछाड्नेः मन्त्री राई
संविधान च्यात्ने, जलाउने र कार्यान्वयन हुन नदिनेलाई सरकारले नछाड्नेः मन्त्री राई
Posted by Unknown
Posted on 5:23 AM
with No comments
Related News you might like to see :
Labels:
Nepali News
0 comments:
Post a Comment