Home » » प्रचण्डले दिए मन्त्री फिर्ता बोलाउने चेतावनी

प्रचण्डले दिए मन्त्री फिर्ता बोलाउने चेतावनी


एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल
प्रचण्डले ८१ दिन पुरानो सरकारसँगको असन्तुष्टि
सार्वजनिक गर्दै आफ्ना दलका मन्त्रीहरुलाई कुनै पनि
समयमा सरकाबाट फिर्ता गर्ने चेतावनी दिएका छन् ।
पार्टीको तीन नम्बर प्रदेशको दुईदिने बैठकलाई
बिहीबार पेरिसडाँडामा सम्बोधन गदैं उनले यस्तो
चेतावनी दिएका हुन् । अन्नपूर्ण पोस्ट दैनिकमा
समाचार छ ।
दाहालले दलका मन्त्रीहरुलाई फिर्ता हुनका लागि
मानसिक रुपमा तयार हुन निर्देशन दिए पनि यसमो
समयसीमाबारे भने केही उल्लेख गरेनन्। भारतीय
नाकाबन्दी, कालोबजारी, चिसोले भूकम्पपीडितको
मृत्यु भइरहेका बेला मन्त्रालय विभाजन गरी जम्बो
मन्त्रिपरिषद बनाउने प्रधानमन्त्री केपी ओलीको
निर्णय, मन्त्रीहरुका अलोकप्रिय निर्णय र
मन्त्रीहरुको कार्यशैलीप्रति पार्टीभित्र गुनासो
बढ्दै गएपछि दाहालले कार्यदक्षता देखाउन नसक्ने
नेताहरुलाई सरकारमा राखिराख्नु पार्टीका लागि
हित नहुने बताएका हुन् ।
'सरकारमा बसिराख्दा हाम्रो शिर गिर्ने भयो।
कार्यदक्षता देखार्न नसक्ने हो भने हामी त्यहाँ किन
बसिराख्नु पर्यो?हामी फर्कने हुन पनस सक्छाैँ, प्रचण्डले
बैठकमा भने,'सरकार ढल्ने अवस्था सिर्जना नगराैँला।
समर्थन दिइराखाैँला तर सरकारबाट फिर्ता भएर
हामी सबै पाटी निर्माणमा लागाैँला।'

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved