मंसिर १७, २०७२- उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले चाँडै नै भारतले लगाएको अघोषित नाकाबन्दी खुल्ने सम्भावना रहेको बताएका छन् । बिहीबार भारत भ्रमणबाट स्वदेश फर्केका थापाले आफूले भारतीय नेता तथा समकक्षीसँग गरेको भेटमा नाकाबन्दी खुल्ने संकेत मिलेको बताए । तर उनले कस्तो संकेत भन्ने खुलाएनन् ।
त्रिभुवन विमानस्थलबाट सोझै पार्टी कार्यालय धुम्बाराही पुगेका थापाले जुन ढंगले भारतले नाकाबन्दी गरेको थियो त्यही ढंगले खुल्ने बताए । उनले भने, 'नाटकीय ढंगले लगाइएको नाकाबन्दी नाटकीय ढंगले नै खुल्छ ।'
उनले भारतीय पक्षले खोल्ने संकेत दिएपनि अहिले नै हौसीहाल्ने अवस्था नरहेको बताए । भारतले यसअघि पनि पटकपटक नाका खुल्छ भनेपनि नखोलेको बताउँदै उनले भने, 'हामीले उनीहरुको काम हेरेपछि मात्रै भन्न सक्छौं । अहिले नै भारतको कुरा पत्याइहाल्ने अवस्था छैन । यस्तो कुरा यसअघि पनि भन्दै आएका थिए ।'
उनी आज दिउँसो २:२५ बजे त्रिभुवन विमानस्थल ओर्लिएका थिए ।
0 comments:
Post a Comment