मंसिर, काठमाडौं ।
भारतले जारी नाकाबन्दी खोल्नका लागि सरकारसँग शर्त राखेको छ । मधेशीहरुका माग पुरा गर्न संविधान संसोधन गरने र सीमाङ्कनको मुद्धा कम्तिमा ६ महिना भित्र टुङ्गो लगाउने गरि सहमति भएमा नाका खोल्न तयार रहेको संकेत दिल्लीले दिएको छ ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन सम्पर्क गरेर नाका खोल्नका लागि भारतका शर्तबारे जानकारी गराएकी हुन् ।
परराष्ट्रमन्त्री कमल थापा दिल्ली भ्रमण गरेर फर्किए लगत्तै सुष्मा स्वराजले प्रधानमन्त्री ओलीलाई फोन गरेर यस्तो शर्त राखेको बालुवाटार श्रोतले बताएको छ ।
संसदमा प्रस्तुत हुन बाँकी रहेको अघिल्ले सरकारका पालको जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तोक्ने र समानुपातिक समावेशी सहितको संशोधन बिधेयक अघि बढाउने र दलीय संयन्त्रबाट छ महिना भित्र सीमाङ्कन टुङ्ग्याउन तयार भए नाकाबन्दी खोल्न तयार रहेको भारतीय संकेत रहेको श्रोतको भनाइ छ ।
मधेशका नेताहरुले भने भारतीय नाकाबन्दी खुले पनि आफ्नो राजनीतिक स्पेसका लागि आन्दोलन जारी राख्ने संकेत दिएका छन् ।
परराष्ट्रमन्त्री थापाले भारतको चर्चित पत्रिका हिन्दुलाई दिएको अन्तर्वार्तामा ३ चरणमा समाधान गर्ने गरी सहमति भैसकेको दावी गरेका छन् । उनले गरेको संकेत अनुसार नै भारतबाट फोन आएको बताइएको छ ।
भारतले जे भन्यो त्यही मन्नु पर्छ भन्ने कहाँ छ त्यसैले हाम्रो आन्तरिक ममिलामा म कसैले हस्तक्षेप गरेको हामीलाई पनि मन्य हुने छैन बरु भोकै बस्न तयार छन जनाता त्यसैले सरकार कसै सँग झुक्ने कुरै आउ दैन ।
ReplyDelete