यस्तो घटना निकै कम सुन्ने गरिन्छ, तैपनि घटना वास्तविक हो । क्रिस्टिन नामकी महिला आफ्नो पति सीनका कारण
विरामी परेकी छन् । स्पष्ट शब्दमा भन्दा क्रिस्टिनको विरामीको कारण सीन होइनन् उनको वीर्य हो, जसका कारण
यति धेरै एलर्जी भयो कि क्रिस्टिन अस्पताल भर्ना हुन बाध्य भइन् । यो घटना एउटा टेलिभिजन कार्यक्रम ‘सेक्स सेन्ट मी
टु इआर’मा सार्वजनिक भएको हो । यो कार्यक्रममा सेक्सका कारण कुनै जोडी वा एक अस्पतालको एमरजेन्सीमा भर्ना
भएको घटना प्रसारण गर्ने गरिन्छ । कार्यक्रम निर्माताका अनुसार महिला र उनका पतिका उपनाम र गृहनगर गोप्य
राखिएको छ। यद्यपि महिलामा यस्तो पहिला कहिल्यै भएको थिएन । एउटा छोरा जन्माएपछि क्रिस्टिनलाई निकै
धेरै एलर्जी र अन्य स्वास्थ्यसम्बन्धी समस्या देखियो ।
यसका कारण उनीहरुले झण्डै एक वर्ष सहबास नै गरेनन् । तर, सीनको जन्मदिनमा क्रिस्टिनले सहबासको इच्छा
व्यक्त गर्दै श्रीमानलाई सरप्राइज दिइन् । तर, सहबासलगत्तै यो दम्पतिले अर्को ठुलो सरप्राइज पायो ।
सेक्सपछि सामान्यतः पुरुष र महिलाले लामो लामो स्वास लिने गर्दछन् । तर, क्रिस्टिनको प्रतिक्रिया
निकै गम्भीर थियो । उनले आश्चर्यजनक ढंगले आफ्नो शरीर फुलेको महशुस गरिन् । शरीरमा तिब्र जलन हुन
लाग्यो र स्वास लिन कठिन हुन लाग्यो । उनलाई अस्पताल लैजानुपर्ने अवस्था आयो । अस्पताल लैजाँदै
गर्दा उनी बाटैमा बेहोस भइन् । चिकित्सकहरुले सीनको गन्धको एलर्जीका कारण यस्तो भएको हुन सक्ने
आशंका गरे । तर, परीक्षणबाट भने एलर्जीको कारण अरु नै देखियो । उनलाई पतिको वीर्यको एलर्जी भएको
थियो । यसले सीनलाई निकै निराश बनायो । आफ्नो गर्भावस्थामा क्रिस्टिनलाई पिनट एलर्जी (फुड
एलर्जी) जस्तै सेमिनल प्लाज्मा हाइपरसेंसिटिभिटी उत्पन्न भएको थियो । जुन सीनको वीर्य सम्पर्कमा
आएका कारण भएको थियो । यस विषयमा चिकित्सक डा. कारमेला योमटोबियभ भन्छन्–यो निकै दुर्लभ
स्थिति हो । उनी लोमा लिंडा युनिभर्सिटी मेडिकल सेन्टरका एमरजेन्सी रुमका चिकित्सक हुन् । उनका
अनुसार गर्भावस्थाका क्रममा महिलाको इम्युन सिस्टम हल्का दबिने गर्दछ । ताकी आफ्नो पेटमा हुर्कदै
गरेको बच्चालाई अस्वीकार नगरोस् । यो अवधिमा यदि कुनै रोगी नयाँ प्रकारको एलर्जेन्सको सम्पर्कमा
आए उक्त पदार्थले हाइपरसेंसिटिभिटी उत्पन्न गर्दछ । कुनै दुर्लभ घटनामा यो वीर्यका कारण पनि हुन सक्छ ।
यो घटनापछि एमरजेन्सी रुमका चिकित्सकहरुले क्रिस्टिनलाई जलन र सुजनाट बच्नका लागि
ऐन्टीहिस्टामाइनको इन्जेक्सन दिए । पछि एलर्जी विशेषज्ञले क्रिस्टिन विरामी हुनुमा सीनको
वीर्यलाई नै दोषी ठहर गरे । चिकित्सकहरुले क्रिस्टिन र सीनको जोडीलाई यौन सम्पर्क गरे पनि
कण्डोमको प्रयोग अनिवार्य गर्न सुझाव दिए । एजेन्सी
Home »
Nepali News
» श्रीमानको वीर्यका कारण श्रीमती अस्पताल पुगेपछि…
श्रीमानको वीर्यका कारण श्रीमती अस्पताल पुगेपछि…
Posted by Unknown
Posted on 8:18 AM
with No comments
Related News you might like to see :
Labels:
Nepali News
0 comments:
Post a Comment