काठमाडौं, फागुन २६ - हंगेरीमा प्रशिक्षणमा रहेकी जुडो खेलाडी फुपु ल्हामु खत्रीले बुढापेष्टमा आयोजित हंगेरी खुला जुनियर जुडो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छिन् ।
रियो ओलम्पिकको तयारीको क्रममा हंगेरीमा रहेकी उनले ६३ केजी तौलको फाइनलमा हंगरीकी नागी हेनरियत्तालाई वाजारी ओसाइकोमाईको आधारमा पराजित गर्दै स्वर्ण प्राप्त गरेकी हुन् । नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जनाए अनुसार १२ औं दक्षिण एशिाली खेलकुदमा समेत स्वर्ण पदक प्राप्त गर्न सफल उनले सेमिफाइनलमा हंगेरीकै बालोघ सारालाई वाजारी र क्वाटरफाइनलमा किरेकेश ग्रेटालाई इप्पोनमा पराजित गर्दैै फाईनल सम्मको यात्रा तय गरेकी थिईन् । उनको तौल समूहमा सात खेलाडीको सहभागिता रहेको थियो ।
Ujyaaloonline बाट
हंगेरी खुला जुनियर जुडोमा फुपुले जितिन स्वर्ण
Posted by Unknown
Posted on 5:49 AM
with No comments
Labels:
sports
0 comments:
Post a Comment