Home » » किन कलेजका विद्यार्थीहरुले असुरक्षित यौनसम्पर्क गर्छन्.....

किन कलेजका विद्यार्थीहरुले असुरक्षित यौनसम्पर्क गर्छन्.....


कलेज पढ्ने विद्यार्थीहरु असुरक्षित यौन क्रियाकलापमा
संलग्न हुनुमा उनीहरुको अस्थीर जिवनशैली मुख्य कारक
तत्वको रुपमा रहेको अमेरिकामा गरिएको एक अध्ययनले
देखाएको छ । इलिनोइस विश्वविद्यालयका शेाधकर्ताका
अनुसार आफ्नो जिवनमा आइरहने लगातारका संक्रमणहरुका
कारण युवायुवतीहरुले प्रसस्त अस्थीरता अनुभुत गर्दछन् र
सोही कराण असुरक्षित यौन क्रियाकलापमा संलग्न हुन
पुग्छन् ।
२१ वर्षमुनिका ३९८ जना कलेज पढ्ने विद्यार्थीहरुमा यो
अध्ययन गरिएको थियो । शोधकर्ताहरुका अनुसार
दीर्घकालीन सम्बन्ध नहुने पार्टनरसँग पनि सेक्स गर्ने, साथी
तथा नयाँ मानिससँग पनि योजनावीहिन, भद्रगोल तथा
भैरपरी सेक्स गर्ने तथा झट्कापूर्ण यौन व्यवहारलाई
जोखिमपूर्ण सेक्सको रुपमा औल्याएका छन् । जिवनमा जति
अस्थीरता महसुस भयो विद्यार्थीहरु उति नै बढि
जोखिमपूर्ण यौन क्रियाकलापमा सहभागी हुने गरेको शोधकर्ताहरुको ठम्याइ छ । यसको मुख्य कारण उनीहरुको भौतिक तथा संवेगात्मक
थकान र विवेकशील रुपमा सोँच्ने क्षमतामा ह्रास हुनु हो ।
१८ देखि २५ वर्षका युवायुवतीहरुमा अभिभावकबाट पाउने स्वतन्त्रतामा वृद्धि हुँदै गइरहेकेा छ । सोही स्वतन्त्रताको उपयोगका क्रममा
उनीहरुले धेरै खाले प्रयोग गर्ने गर्छन र आफ्नो रोमान्टिक पहिचानको खोजी गर्दछन् । अनलाइन खबर बाट साभार


Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved