Home » » पेट र कम्मरको बोसो घटाउने सात सजिला तरिका

पेट र कम्मरको बोसो घटाउने सात सजिला तरिका

कम्मर र पेटतिर बोसो जम्मा हुनु समस्या निकै बढ्दो छ । पेटमा वा कम्मरमा बोसोको मात्रो धेरै भयो भने धेरै प्रकारका रोग निम्तिन्छन् । सुन्दरतामा पनि कमी ल्याउँछ । पेट र कम्मरतिर लागेको बोसो घटाउने साता सजिला आइडिया निम्नप्रकार छन् ।
१) कम्मरमा रहेको बोसो घटाउन बोसोजन्य खानाको मात्रा बढाउनुपर्छ । तर, यसरी बढाइने फ्याटजन्य खानामा ‘मोनोअनस्याचुरेटेड फ्याट्टी एसिड (एमयूएफए) बाहेक अर्काे खालको फ्याट हुनु हुँदैन । क्यालोरी र एमयूएफए उच्च भएको खाना खाने महिलाको कम्मर एक महिनामै एकतिहाइले घटेको एउटा अनुसन्धानका क्रममा पाइएको थियो । भोजनमा एमयूएफए सुनिश्चित गर्न हरेक दिन एक अँजुली ड्राई फुडमा एक चम्चा जैतुनको तेल र अलिकति एभोकाडो हालेर खानुपर्छ ।
२) रस युनिभर्सिटी मेडिकल सेन्टरले गरेको अध्ययनले डिप्रेसन भएका अथवा हुन लागेका महिलाको कम्मरमा बोसो बढी लाग्ने तथ्य पत्ता लगाएको थियो । अप्रसन्न रहने महिलाले शारीरिक काम कम गर्छन् र उनीहरूको भोजन पनि सामान्य अवस्थामा जस्तो स्वास्थ्यकर र व्यवस्थित हुँदैन । जसले गर्दा कम्मरमा बढी बोसो जम्मा हुने गर्छ । बारुले कम्मर चाहने हो भने प्रसन्न रहनुपर्छ ।
३) नियमित व्यायाम गर्नाले मानिसको दिमागमा एकखालको रसायन उत्पन्न हुन्छ, जसले शरीरमा रहेको बोसोलाई अन्य ऊर्जामा रूपान्तरण गराउन मद्दत गर्छ । कम्मर छरितो बनाउने हो भने नियमित व्यायाम गर्नुपर्छ ।
४) कार्बोहाइड्रेट बढी हुन्छ भने कोक, फ्यान्टाजस्ता पेय पदार्थमा चिनीको मात्रा बढी हुन्छ । चिप्स, कोल्ड ड्रिंक्स खानाले रगतमा चिनीको मात्रा ह्वात्तै बढ्छ र सँगसँगै शरीरमा इन्सुलिनको मात्रा पनि बढ्न पुग्छ । इन्सुलिनले कलेजोलाई शरीरको मध्य भागमा बोसो जम्मा गराउन मद्दत गर्छ । तसर्थ कम्मरलाई छरितो र आकर्षक बनाउने हो भने जंकफुडको मात्रा घटाउनुपर्छ र भोजनमा हरियो तरकारी र सलादको मात्रा बढाउने गर्नुपर्छ ।
४) सन् २०१३ मा गरिएको एक अनुसन्धानले म्याग्नेसियमयुक्त खाना बढी खाने मानिसको रगतमा चिनी र इन्सुलिनको मात्रा कम हुने तथ्य फेला पारेको थियो । त्यसैले दिनमा दुईपटक हरियो सागसब्जी, केरा र सोयाबिन लगायत मग्नेसियम युक्त खान खाने गर्नुपर्छ । यी खानामा म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छ ।
५) पोलिअनस्याचुरेटेड फ्याट्टी एसिड (पीयूएफए) युक्त खाना खानाले कम्मरमा बढी बोसो लाग्दैन । सालमन, ट्राउट अथवा अन्य खाले माछामा पीयूएफए प्रशस्त पाइने भएकाले मांसाहारीले मासुको सट्टा माछा खानुपर्छ । मासु नखाई नहुने छ भने स्याचुरेटेड फ्याट प्रशस्त पाइने रातो मासुको सट्टा कुखुराको मासु खानुपर्छ । यसो गर्नाले कम्मरमा अनावश्यक बोसो लाग्न पाउँदैन र कम्मर छिनेको देखिँदै जान्छ ।
६) सन् २०१३ मा डेनमार्कमा गरिएको एउटा अध्ययनले महिलाले जति बढी मदिराजन्य पदार्थ सेवन गर्छन्, शरीरमा बोसो उति नै बढी लाग्ने तथ्य पत्ता लगाएको थियो । त्यसैले कम्मरको अनावश्यक बोसो हटाई आकर्षक देखिने हो भने मदिराजन्य पदार्थ सेवन छोड्नुपर्छ अथवा कम गर्नुपर्छ ।
७) पसिना निकाल्नेगरी काम अथवा व्यायाम गरेमा शरीरमा इन्सुलिन, ट्राइग्लाइसेराइड्स, कोर्टिसोल लगायतको मात्रा घट्न पुग्छ । साथै, शरीरमा रहेको क्यालोरी पनि बढी नै नष्ट हुन्छ ।
पसिना निकाल्ने सबैभन्दा उपयुक्त उपाय भनेको जगिङ हो । त्यसैले हरेक बिहान जगिङ गर्नुपर्छ ।
स्वास्थ्य खबर डट कम

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved