Home » » नाभी हेरेर थाहा हुन्छ महिलाको स्वभाव

नाभी हेरेर थाहा हुन्छ महिलाको स्वभाव


महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि
निक्कै महत्व छ नाइटो अर्थात नाभीको । समुन्द्र
शास्त्रका अनुसार मानिसको बोली चाली र ब्यबहारबाट
समेत थाहा नपाएको कुरा नाभीबाट थाहा हुन्छ ।
कसरी थाहा पाउने कस्को स्वभाव कस्तो ?
१ समुद्रशास्त्रका अनुसार जुन स्त्रीको नाभी लामो र
अनियमित हुन्छ त्यस्ता स्त्रीमा आत्म विश्वास बढी हुन्छ
। यस्ता स्त्रीहरु आफ्नै खुट्टामा उँभिन चाहने र
स्वाभिमानी हुन्छन् । यिनीहरुको चिनजान गर्ने र घुलमिल
हुने स्वभाव हुन्छ । यसकै कारणले पुरुषहरुसँग उनीहरुको सम्बन्ध
भने समय समयमा समस्यामा पर्छ ।
२ त्यसैगरी जुन स्त्रीको नाभी गहिरो हुन्छ त्यस्ता
महिला भावुक हुन्छन् । यस्ता महिलाहरु रुन र हाँस्न बेर
लगाउँदैनन् र यिनीहरुको मन सफा हुन्छ । यिनीहरु सुन्दर
पनि हुन्छन् तर स्वास्थ्यमा भने समस्या हुन्छ ।
३ जुन स्त्रीको नाभी माथि उठेको हुन्छ त्यस्ता महिला
गोरी र सुन्दर हुन्छन् । यिनीहरु मिनलसार र रोमान्टिक
हुन्छन् । यस्ता महिलाको जीवनमा अकस्मात धनलाभ पनि
हुन्छ । यिनीहरुलाई धनी र सुन्दर पति मिल्छ ।
४ समुन्द्रशास्त्रका अनुसार जुन स्त्रीको नाभी गोलो
हुन्छ ती गुणवान हुन्छिन् । सामान्य तया यिनीहरुको
स्वास्थ्य राम्रो हुन्छ र बुद्धीमान पनि हुन्छन् ।
यिनीहरुको स्वभाव दयालु हुन्छ । यसका कारण परिवार र
समाजमा सम्मानित पनि हुन्छन्।
५ जुन स्त्रीको नाभी समतल हुन्छ त्यस्ता स्त्रीहरुसँग भने
सचेत हुनु पर्छ । यिनीहरुले विश्वास गर्दैनन् र विश्वासिला
पनि हुँदैनन् । यस्ता स्त्रीले दुःख दिन आइतबार कुर्दैनन् ।
६ समान्यतया नाभी केन्द्र भागमा हुन्छ तर जुन स्त्रीको
नाभी फरक स्थानमा हुन्छ यस्ता स्त्री उर्जावान र
उत्साही हुन्छन् । यिनीहरु आफ्नो क्षेत्रमा सफल हुन्छन् ।
यिनीहरुलाई खेल क्षेत्रमा बढी सफलता मिल्छ ।
७ समुन्द्र शास्त्रका अनुसार जुन महिलाको नाभी
अलिकति बाहिर निस्किएको हुन्छ उनीहरुलाई सन्तान
जन्माउन समस्या हुन्छ । गर्भधारणमा समेत यिनीहरुलाई
समस्या हुने बताइन्छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved