Home » » न्युनतम लागत खर्च कार्यन्वयन नगर्ने म्यानपावरलाई कारवाहि गरिने....

न्युनतम लागत खर्च कार्यन्वयन नगर्ने म्यानपावरलाई कारवाहि गरिने....


काठमाडौं, मंसिर २९ - न्युनतम लागत खर्च कार्यन्वयन नगर्ने व्यवसायीमाथि अनुगमन समितिले एक हप्ता भित्रमा कार्यविधि
तयार गरेर कारवाहि प्रक्रिया थाल्ने भएको छ ।
मंगलबार बसेको अनुगमन समितिको बैठकले अनुगमनका लागि कार्यविधि बनाउने र अनुगमनका लागि श्रोत साधान जुटाउने काम सुरु
गर्ने समितिका संयोजक तथा श्रम मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले बताउनुभयो ।
मंगलबार कहाँ कहाँ कसरी अनुगमन गर्ने र मन्त्रालयमा प्रतिवेदन बुझाउने बारेमा छलफल भएको भुर्तेेलले जानकारी दिनुभयो । लामो
समयदेखि निस्क्रिय अनुगमन समिति गएको साता अख्तीयारी पाएपछि फेरी सक्रीय भएको हो ।
समितिमा वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवद्र्धन वोर्ड, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र प्रहरी
प्रधानकार्यलयका प्रतिनिधि सदस्य छन् । सरकारले गएको असार २१ गते खाडिका देश र मलेसियामा न्युनतम लागत
कार्यान्वयनको निर्णय गरेपनि वैदेशिक रोजगार व्यवसायीले कार्यान्वयन गरेका छैनन् । वैदेशिक रोजगारमा कामदार पठाउँदा
म्यानपावरले चर्को शुल्क असुलेको गुनासो पछि सरकारले चासो देखाएको हो ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved