सीमावर्ती मितेरी पुलमा धर्नामा बसेका मोर्चाका कार्यकर्तामाथि भारतीय नागरिकहरुले अन्धाधुन्ध ढुंगा प्रहार गरेपछि झडप भएको हो । दुई पक्षबीच झन्डै आधा घण्टा ढुंगा हानाहान भएको थियो ।
रक्सौलबाट
यसअघि, बुधबार राति ९ बजे पनि भारतीय नागरिकले मोर्चाका कार्यकर्तामाथि कुटपिट गरेका थिए । उनीहरुले मोर्चा कार्यकर्ताले टांगेको पालसमेत भत्काएका थिए । त्यसक्रममा मोर्चाका पाँचजना नेता–कार्यकर्ता घाइते छन् ।
झडपपछि केही समय खाली बनेको मितेरी पुलमा फेरि मोर्चाको कार्यकर्ता आएर धर्नामा बसेका छन् । मोर्चाका कार्यकर्ताले विगत अढाइ महिनादेखि नाकामा बसेर धर्ना दिइरहेका छन् ।
रक्सौलको अहिरवा टोलका भारतीयले धर्नामा बसेका आन्दोलनकारीलाई कुटेर लखेटेका थिए । सोही निहुँ पारेर मधेसी मोर्चाका कार्यकर्ताहरुले विहीबार बिहानदेखि नाका पूर्णरुपले ठप्प परेका छन् ।
मोर्चाका कार्यकर्ताले भारतबाट कुनैपनि सामान वीरगन्जतिर आउन नदिएपछि भारतीय नागरिक आक्रोशित बनेका हुन् । -
0 comments:
Post a Comment