२५ फागुन, ताप्लेजुङ । ताप्लेजुङको ताप्लेजुङ नगरपालिकामा आलु बारीमा गाडिएको अवस्थामा नवजात शिशुको शव फेला परेको छ ।
ताप्लेजुङ नगरपालिका ६ निवासी बलबहादुर लिम्बुको आलुबारीमा लिङ्ग पहिचान नभएको नवजात शिशुको हात, खुट्टा र शरिरको विभिन्न भाग माटोले पुरेको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
टुक्रिएको सव संकलन गरी जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ भने नवजात शिशुको हत्या कसले गर्यो भन्ने बिषयमा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।
सोमबार दिउँसो बारीमा आलु खन्ने क्रममा लिम्बुले नवजात शिशुको अंग फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।
अनलाइनखबरबाट
आलु बारीमा गाडिएको अवस्थामा एक शिशुको सव फेला
Posted by Unknown
Posted on 8:26 PM
with No comments
Labels:
news
0 comments:
Post a Comment