काठमाडौं ।
चीन नेपाल सम्बन्ध कुटनीतिक स्तरमा स्थापित भएको ६० औं वर्ष गाँठका अवसरमा चीन पुगेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र उनका समकक्षी ली खछ्याङबीच विभिन्न १० बुँदे सम्झौतामा हस्ताक्षर भएको छ । नेपालका लागि चीनसँग भएका यी सम्झौता ऐतिहासिक छन् ।
चीन जानु ठिक एक महिना अघि भारत भ्रमण गरेका ओलीकै कारण नभएर चीनसँगको नेपालसँगको सम्बन्ध तत्कालीन राजा महेन्द्र र विरेन्द्रले सम्बन्धको शुरुवात गरेका थिए ।
राजा महेन्द्र सहित टंक प्रसाद आचार्य, वीपी कोइराला र किर्तिनिधि विष्टले समेत तत्कालीन चिनियाँ नेता माओत्सेतुङ, पूर्व प्रधानमन्त्री चाउ एनलाईसँग विशेष सम्बन्ध राखेका थिए ।
चीनसँग ओलीले गरे भारतको टाउको दुखाउने प्रस्ताव
चीनले दिएको सबैभन्दा ठूलो उपहारः अव भारतीय नाकान्दीमा समेत असर नपर्ने
तत्कालीन राजा महेन्द्रले चीनसँग पारवहन सम्झौता गर्न खोजेपछि भारतले त्यतिबेला पनि नाकाबन्दी गरेको थियो ।
तत्कालीन राजा बीरेन्द्रकै पालामा पनि पारवहन सम्झौताको प्रयास भएको थियो । यद्यपी भारतले आफूलाई देखाउने चिनियाँ कार्डकोरुपमा अर्थ्याएका कारण नेपालमा सरकार मात्रै होइन राजनीतिक ब्यवस्था नै परिवर्तन हुन पुग्ने अवस्था आएको थियो ।
ओलीको भ्रमणका क्रममा सोमबार नेपाल र चीनबीच पारवाहन तथा यातायात सम्झौता, स्वतन्त्र व्यापार सम्झौता, ३२ हजार घरमा सौर्य प्रणाली जडान गर्ने सम्झौता, सुबिधायुक्त ऋण सम्झौता, पोखरा विमानस्थल निर्माणका लागि ऋण सम्झौता, नेपालमा ग्याँस तथा इन्धनको अन्वेषण गर्ने सम्झौता र हिल्सामा पुल निर्माण गर्ने लगायतका सम्झौताहरु भएका छन् ।
बेइजिङमा गर्नै पर्ने तर ओलीले नगरेको एउटा सम्झौता
बेइजिङको सन्देश ओलीको चीन भ्रमणः भारत भ्रमण भन्दा एक कदम अगाडी
राजा महेन्द्रको पाला देखि अड्किएका सम्झौता अहिले आएर भएपछि यी सम्झौता नेपाल चीन सम्बन्धमा कोसे ढुंगा हुने मानिएको छ ।
Nepaliheadlines.com बाट
Home »
international news
» महेन्द्र र विरेन्द्रले प्रयास गरेको सम्झौता ओलीको पालामा
महेन्द्र र विरेन्द्रले प्रयास गरेको सम्झौता ओलीको पालामा
Posted by Unknown
Posted on 4:58 AM
with No comments
Labels:
international news
0 comments:
Post a Comment