Home » » बेइजिङमा भयो अर्को समझदारी, नेपाल सांघाई कोअपरेशन अर्गनाइजेशनको सदस्य

बेइजिङमा भयो अर्को समझदारी, नेपाल सांघाई कोअपरेशन अर्गनाइजेशनको सदस्य


चैत्र ९
काठमाडौं– सांघाई कोअपरेशन अर्गनाइजेशन एससिओको डायलग पार्टनरमा नेपाल सदस्य भएको छ । मित्र राष्ट्र चीनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज सांघाई कोअपरेशन अर्गनाइजेशनको डायलग पार्टनरमा नेपाल सदस्य भएको समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहलले जारी गरेको प्रेस नोटमा क्षेत्रिय विकासको अवधारणामा स्थापित सो संगठनको कार्यालयमा नेपाल सो संगठनको डायलग पार्टनर बन्ने समझदारी पत्रमा हस्ताक्षर भएको उल्लेख छ । समझदारी पत्रमा नेपालका तर्फबाट परराष्ट्र सचिव शंकर बैरागी र एससिओको तर्फबाट महासिचवले हस्ताक्षर गरेका छन् ।
यसअघि चीनको बेइजिङ्ग स्थित रेनमिन विश्वविद्यालयद्धारा आयोजित नेपाल चीन थिंक टयांक डायलग अन द बेल्ट एण्ड रोड इनिसेटिभ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल सदैव एक चीन नीतिको पक्षमा रहेको बताए । उनले नेपालको कुनै पनि भू–भाग चीनको विरुद्ध कुनै हालतमा प्रयोग हुन नदिने पनि बताए ।
प्रधानमन्त्री ओलीले नेपाल पञ्चशीलको आधारमा नेपाल चीनबीचको सम्बन्धमा गम्भीर रहेको बताए । नेपाल चीनबीचको सम्बन्ध सदियौं पुरानो, प्रगाढ र मैत्रीपूर्ण रहेको र सम्बन्धलाई अझ प्रगाढ बनाउन चीनको वान वेल्ट, वान रोड नीति नेपालको विकासको लागि महत्वपुर्ण रहेको बताए । उनले नेपालप्रतिको चीनको सम्मानपुर्ण व्यवहार र विकासका लागि गरेको सहयोग अविश्मरणीय रहेको पनि बताए ।
प्रधानमन्त्री ओलीले नेपालको विकासका लागि वान बेल्ट वान रोडको नीतिले महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीको आज व्यापारिक समुदायसँग अन्तरक्रिया गर्ने र साँझ बेइजिङस्थित नेपाली राजदुतावासले आयोजना चिनिया सञ्चारकर्मीहरुसँग अन्तरक्रियामा सहभागी हुने कार्यक्रम छ ।
Ratopati बाट


Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved