Home » » अन्ततः चीनले नेपालमा तेलका खानी उत्खनन गर्ने, ३६ वर्षपछि मिसन सफल

अन्ततः चीनले नेपालमा तेलका खानी उत्खनन गर्ने, ३६ वर्षपछि मिसन सफल


काठमाडौं, ९ चैत । झन्डै ३६ वर्षको प्रयासपछि नेपालमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु हुने भएको छ ।
सन् १९८० को दशकमा मुलुकका विभिन्न १० ठाउँमा पेट्रोलियम पदार्थको सर्भे भए पनि अन्वेषण हुन सकेको थिएन । अब चीन सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा नेपालका तीन स्थानमा पेट्रोलियम पदार्थको अन्वेषण हुने भएको हो ।
नेपालमा पेट्रोलियम पदार्थको अन्वेषणमा सहयोग गर्ने सम्बन्धमा नेपाल र चीनबीच सोमबार सम्झौता भएको छ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा दुई मुलुकबीच यस्तो सम्झौता भएको हो । यससँगै मुलुकमा पेट्रोलियम पदाथएको अन्वेषणले गति लिने पक्का भएको उद्योगमन्त्री सोमप्रसाद पाण्डेले बताए ।
नेपालले करिब दुई महिनाअघि पेट्रोलियम अन्वेषणका लागि सहयोग गर्न चीन सरकारसँग आग्रह गरेको थियो । उद्योग मन्त्रालयले काठमाडौंस्थित चिनियाँ दूतावासमार्फत चीनलाई दैलेखको ग्यास खानी र अन्य दुई वटा पेट्रोलियम ब्लकमा अन्वेषण गरिदिन आग्रह गरेको थियो ।
दैनिक नेपाल डट कमबाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved