तीनवटा काठको घारबाट मौरीपालन सुरू गरेकी खत्रीसँग अहिले करिव ८० वटाको हाराहारीमा मुठो र आधुनिक घार छ
बेनी नगरपालिका–१२ डडुवाकी रामकुमारी खत्रीले मौरीपालन गर्दा कृषि विकास कार्यालयमा मौरीपालनका बारेमा कुनै कार्यक्रम थिएन । २०५० सालमा रेडियो नेपालमा प्रसारण हुने कृषि कार्यक्रममा मौरीपालनका बारेमा सुनेको केही दिनमै कार्यालयमा पुगेकी खत्रीलाई कुनैपनि कार्यक्रम नभएको बताएपछि रित्तै फर्किन बाध्य भएकी थिईन् । तर उनले हरेश खाइनन् । रेडियो कार्यक्रमबाटै मौरीका बारेमा सुन्दै सोही अनुसार मौरी पालन गरेकी खत्री अहिले जिल्लाकै नमुना कृषकसंगै रहरलाग्दो आम्दानी गर्न सफल भएकी छिन् ।
तीनवटा काठको घारबाट मौरीपालन सुरू गरेकी खत्रीसँग अहिले करिव ८० वटाको हाराहारीमा मुठो र आधुनिक घार छ । आवश्यक परेको बेलामा सरकारी तथा गैरसरकारी संस्थाबाट तालिम तथा प्राविधिक सहयोग नपाएकी खत्रीलाई नमुना कृषक बनाउन संचारमाध्यकको सबैभन्दा धेरै भूमिका रहेको उनी बताउँछिन् । घर र खेतभरी रहेका मौरीका घारलाई दैनिक हेरचाह गर्नुलाई नै दैनिकी बनाउँदै आएकी खत्रीले एउटा घारबाट बार्षिक २ पटक एउटा घारबाट ८ केजी मह निकालेर प्रति किलो १ हजारमा विक्री गर्दै आएकी छिन् । पुलाचौरको भिरमुनी, घतानको तोरीपानी, पात्लेखेत लगायतका क्षेत्रमा रहेका आफन्तको घरमा समेत मोरी पालेकी खत्रीले मौरीपालन ब्यवसायबाटै परिवारलाई आत्मनिर्भर बनाउँन सकेकोमा सन्तुष्ट छिन् । घर चलाउँन श्रीमानको आम्दानीको भर पनुपर्ने बाध्यतालाई अन्त्य गर्न महिलाले आफ्नै सिपबाट आम्दानी गने सन्देश दिन समेत उनी सफल भएकी छन् ।
खत्रीको परार्मशबाट गाउँ तथा आसपासका क्षेत्रका बासिन्दाले समेत ब्यवसायीक मौरीपालन सुरू गरेका छन् । सीमित लगानीमा नियमित आम्दानी गर्न सकिने भएकाले पनि जिल्लाका विभिन्न गाविसका बासिन्दा मौरीपालनप्रति आर्कषित भइरहेको जिल्ला कृषि विकास कार्यालयको भनाई छ ।
कार्यालयले मौरीपालक खत्रीलाई स्रोत केन्द्र तोकेको छ । त्यसैले आवश्यक पर्ने मौरी सहित अन्य परार्मशका लागि समेत खत्रीलाई भ्याईनभ्याई छ । खत्रीका घारबाट उत्पादित मह स्वदेशका साथै विदेशमा समेत निर्यात हुने गरेको छ । उनले अघिल्लो बर्ष जापान र कोरियमा ३० किलो मह पठाएकी थिईन् । मौसम अनुसार परक–फरक चरनक्षेत्रमा मौरीलाई लैजाने, प्राविधिक सल्लाह अनुसार चिनी लगायतका खानेकुरा दिने गरेपछि मह स्वादिलो हुने भन्दै घरमै खरिद गर्द आउने गरेको समेत उनको भनाई छ । उनले मौरीपालनको अवलोकन गर्ने गरी घारको संख्या ३ सयसम्म बनाउने लक्ष्य समेत बनाएकी छन् । उनले मौरीपालनसँगै आलु र फलफूल खेती समेत गरेकी छन् ।
जिल्लाको बेनी नगरपालिकको ज्यामरुककोट, पुलाचौर, घतानका साथै पात्लेखेत, भगवती, कुहँु, , भकिम्ली लगायतका गाविस मौरीपालनका लागि उपयुक्त ठाउँका रुपमा चिनिन्छ ।
News24Nepal.com बाट
रामकुमारी खत्री मौरी पालेर जिल्लाकै नमूना कृषक बन्न सफल
Posted by Unknown
Posted on 6:35 AM
with No comments
Labels:
news
0 comments:
Post a Comment