Home » » जहाजभरी औषधी बोकेर भैरहवा आएका शेष घले किन एअरपोर्टबाटै फर्किए ? लुम्बिनी अञ्चल अस्पताललाई लाखौंको औषधि हस्तान्तरण

जहाजभरी औषधी बोकेर भैरहवा आएका शेष घले किन एअरपोर्टबाटै फर्किए ? लुम्बिनी अञ्चल अस्पताललाई लाखौंको औषधि हस्तान्तरण

भैरहवा, १५ मंसिर । ‘नेपालीका लागी नेपाली’
भन्ने मुल नाराका साथ संसारभर बसोबास गर्ने
गैरआवासीय नेपालीहरुको साझा संस्था
गैरआवसीय नेपाली संघ (एनआरएन)का अध्यक्ष शेष घले
मंगलबार एक्कासी भैरहवा आएर तुरुन्त काठमाडौं
फर्केका छन् ।
एनआरएनए अध्यक्ष शेष घलेले लुम्बिनी अन्चलमै पहिलो
पटक पाइला टेकेका थिए । शान्तिका दूत
महामानव गौतमबुद्धको जन्मथलो लुम्बिनीको
प्रवेशद्वार भैरहवामा करिब १५ मिनेट बिताएका
उनी तत्कालै काठमाण्डौं फर्केका हुन् ।
भारतीय नाकाबन्दीको कारण लुम्बिनी अञ्चल
अस्पताल बुटवलमा औषधी अभाव हुँदा अस्पतालका
विरामीले औषधी नपाएको खबर पाएपछि
एक्कासी सेनाको जहाजमार्फत उनी मंगलबार
भैरहवा आएका हुन् । एनआरएनएका संस्थापक इन्द्रा
वन र प्रवक्ता डा. रन्जु वाग्लेलाई साथमा लिएर
जहाजभरी औषधी बोकेर आएका अध्यक्ष घलेले
मूल्यवान लाइफ सेभिंग औषधी गौतमबुद्ध
विमानस्थल परिसरमै अस्पतालका मेडिकल
सुपरीटेन्डेट डा. राजेन्द्र प्रसाद खनाललाई
हस्तान्तरण गरे । ३ लाख ९१ हजार मुल्य बरावरका
लाइफ सेभिङ औषधी लिएर आएका घले समय
अभावका कारण लुम्बिनी जान नपाएकोमा दुःख
समेत व्यक्त गरे ।
गौतमबुद्ध बिमानस्थल भैरहवाको हाताभित्रै
औषधी हस्तान्तरण गर्दै एनआरएन अध्यक्ष घलेले
नाकाबन्दीका कारण नेपालमा देखिएको
मानबीय संबेदनालाई ख्याल गर्दे सहयोग उपलब्ध
गराएको बताए ।
अध्यक्ष घलेले भने– “एनआरएनएका विश्वभरीका
सदस्यहरुको एक एक रुपैयां डलरको सहयोगमा खरिद
गरिएको औषधी नेपालका विभिन्न अस्पतालमा
निःशुल्क प्रदान गरिएको छ । यो औषधी
विरामीको लागी निशुल्क प्रदान गर्न
अस्पताललाई अनुरोध गरेका छौं ।”
जनकपुर अन्चल अस्पताल र नारायणी अन्चल
अस्पताल चितवनमा औषधी वितरण गरेर भैरहवा
आएको एनआरएन अध्यक्ष घले सहितको टोलीले
भारतीय नाकाबन्दीको विश्वभर विरोध भईरहेको
पनि बताएको छ ।
एनआरएनएका प्रवक्ता रञ्जु बाग्लेले नेपालका
सकारी अस्पताललाई लगभग एनआरएनले १ करोड मुल्य
बरावरको औषधी उपलव्ध गराइसकेको जनाउदै
मंगलवार मात्र जनकपुरको अञ्चल अस्पतालमा ८
लाख मुल्य बरावरको औषधी र नारायणी
उपक्षेत्रीय अस्पताल बिरगञ्जलाई समेत ४ लाख मुल्य
बराबरको औषधी हस्तान्तरण गरेको जानकारी
दिईन् ।
औषधी हस्तान्तरण पश्चात एनआरएनकी संरक्षक
इन्द्रा बनले नेपाल र नेपालीलाई परेको समस्या
संसारभरीका नेपालीको भएको हुदां आफुहरु अत्यन्तै
संवेदनशील भएर नेपालीलाई सघाउन लागिपरेको
जनाए ।
सो अवसरमा लुम्बिनी अञ्चल अस्पतालका मे.सु.
राजेन्द्र प्रसाद खनालले आपतको बेला एनआरएनले
देखाएको सदभाव र सहयोग निकै मुल्यवान भएको
जनाउदै उनले एनआरएनले अवका दिनमा पनि
मानबिय संबेदनालाई सम्बोधन हुने किसिमका
सहयोगको अपेक्षा राखेको बताउनुभयो ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved