Home » , » श्रीमती संग यौनसम्पर्क राख्न नपाएपछि एक व्यक्तिले गरे यस्तो कुकर्म

श्रीमती संग यौनसम्पर्क राख्न नपाएपछि एक व्यक्तिले गरे यस्तो कुकर्म


एजेन्सी ,श्रीमान श्रीमतीबीच झगडा भएपछि भारतको छत्तीसगढमा एक व्यक्तिले आफ्नै दुई महिने दुधे बालकको हत्या
गरेका छन् । रातको समय रक्सीको नशामा श्रीमान श्रीमतीबीच यौनसम्पर्क गर्ने बिषयमा विवाद भएपछि आबेशमा
आएर छोराको हत्या गरेको छत्तीसगढ प्रहरीले जनाएको छ ।
गत आइतवार रातको समय रक्सीको नशामा मस्त भएर आएका राकेस श्रीमतीसंग यौन सम्बन्ध बनाउन खोज्दा पत्नी
सीमाले अस्वीकार गरेपछि विवाद सुरु भएको र यौन सम्बन्ध बनाउन अस्वीकार गरेपछि आक्रोशमा आफ्नो दुइ महिने
छोरालाई च्यापेर घरबाट बाहिर निक्लिएका थिए । जब उनि बिहान घर फर्किए तब उनको साथमा छोरा नदेखेपछि
सीमाले छोराको बारेमा सोध्दा राकेशले छोरालाई खाल्डोमा गाडेर आएको बताए । छोरा खोज्दै सीमा त्यहाँ
पुगेपनि धेरै ढिलो भइसकेको थियो ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved