Home » » सिक्किम भारतले निल्दा यस्तो थियो काठमाण्डु –दिल्लीको सम्बन्ध !

सिक्किम भारतले निल्दा यस्तो थियो काठमाण्डु –दिल्लीको सम्बन्ध !


काठमाण्डु, १५ मंसिर– भारत र उसका छिमेकीसँगको सम्बन्धका विषयलाई लिएर दक्षिण एसियामा पछिल्ला वर्ष निकै
ठूला र गम्भीर बहसहरु शुरु भएका छन् ।
भारतले लिएको छिमेकी राष्ट्रप्रतिको परराष्ट्र नीति र त्यसले पार्ने प्रभावले दक्षिण एसियामात्र होइन, समग्र
एसिया र विश्वलाई नै प्रभाव पार्ने भएकोले उसँग जोडिएका छिमेकी देशहरु निकै कमजोर र निकै शक्तिशाली भएको
प्रमाणित समेत यसले गर्छ ।
यसै सन्दर्भमा भारतले छिमेकी मुलुकसँग राख्ने सम्बन्ध र त्यसको प्रभावले कति अर्थ राख्छ भन्ने कुरा विगतका तथ्यपरक
इतिहासतर्फ पनि ध्यान दिनु आवश्यक छ ।
सन् १९७५ मा आफ्नो सानो छिमेकी सिक्किमलाई भारतमा बिलय गराउँदा भारतले त्यहाँ दशकौं वर्ष आफ्ना सामरिक
रणनीतिहरुलाई प्रयोग गरेको थियो ।
७० को दशकमा सिक्किममा प्रमुख कार्य सञ्चालक नियुक्त भएर सिक्किमलाई भारतमा विलय गराउन मुख्य भूमिका
खेलेका भारतका वरिष्ठ कुटनीतिज्ञ विएस दास आफ्नो संस्मरणात्मक पुस्तकमा लेख्छन् : ‘वास्तवमा सिक्किमलाई
भारतमा विलय गराउँदा त्यहाँका तत्कालीन राष्ट्र प्रमुख चोग्यालले जति राष्ट्रियताका मुद्धा उठान गरे, त्यतिनै
हाम्रा छिमेकी चीन, पाकिस्तान र नेपालले पनि स्वतन्त्र सिक्किमको नाराको पक्षमा बोलेका थिए तर त्यसको
वास्ता नगरी डराई–डराई भारतले सिक्किमलाई आफ्नो अधिनमा लियो ।’
विएएस दासको यो अभिव्यक्तिले पनि भारत आफ्नो कुशल रणनीतिका साथ छिमेकीहरुलाई आफ्नो कब्जामा लिन
चाहान्छ ।
उनले त्यसबेला नेपाल र भारतको सम्बन्धका बारेमा पनि लेखेका छन्ः ‘सिक्किम भारतमा बिलय हुँदै गर्दा त्यसबेला
काठमाण्डुमा नयाँ राज्यभिषेकको कार्यक्रम चलिरहेको थियो ।
त्यहाँ नयाँ राजा आइरहेका थिए । त्यसबेला काठमाण्डुले दिल्लीलाई ठूलो चुनौती दिएको थियो, सिक्किमलाई
भारतमा विलय गर्नु हुँदैन, उसको आफ्नो स्वतन्त्र अस्तिव छ भनेर काठमाण्डु, बेइजिङले ठूलो अडान राखेका थिए ।
राज्यभिषेक कार्यक्रममा चोग्याललाई सिक्किमको राष्ट्रप्रमुखको रुपमा निम्ता गरिएको थियो ।
यसले दिल्लीलाई ठूलो डर थियो । कतै चोग्यालले काठमाण्डुमा नेपाल र चीनसँग मिलेर ठूलै योजना त बनाउँदैनन् । तर
उनले त्यसो गरेनन् । अन्तमा सजिलै भारतले सिक्किमलाई भारतमा बिलय गराउन सफल भयो ।’ दासको भनाईमा त्यसबेला
भूटान तटस्थ बसिदिनाले उ जोगिएको थियो ।
उनको भनाई अनुुसार सिक्किमनै भुटानबाट भित्रिएका लेप्चा, भुटानी र ७० प्रतिशतको हाराहारीमा रहेका
नेपालीहरुले बनेको राज्य भएकोले भुटानी, लेप्चा र नेपालीहरुको शक्ति सन्तुलनलाई मिलाउँदै उसले रणनीति बनाएको
थियो ।
उनले भनेका छन्ः ‘सिक्किमको अस्तित्व समाप्त हुनुमा काजी लेण्डुप दोर्जी मात्र होइन, उनकी बेल्जियम पत्नी,
चोग्यालकी अमेरिकन पत्नी र तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको इन्ट्रेष्टले पनि महत्वपूर्ण भूमिका
खेलेको थियो । यी ३ जना महिलाहरुले सिक्किम भारतमा बिलय गराउनमा ठूलो भूमिका खेले ।
गान्धी भन्दा बाहेकका यी दुई नारीलाई सिक्किमको प्रथम महिला बनेर बस्न ठूलो रहर थियो र यिनीहरु निकै
बौद्धिक पनि थिए तर यिनीहरु पनि अन्तमा प्रयोग हुन पुगेका थिए । जनताको मुद्धा स्थापित गर्ने नाममा काजी
लेण्डुपलाई कठपुतली नेता बनाउन भारतले ठूलो उर्जा खर्च गर्नुपरेको दासले स्वीकारेका छन् ।
–प्रस्तुतिः रंगलाल रिमाल
काठमाण्डु टुडे बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved