काठमाडौं । पर्सामा सशस्त्र भूमिगत संगठनहरुको नाममा चन्दा र फिरौती माग्ने आतंक फेरि सुरु भएको छ ।
दुई सातायता वीरगन्जका शिक्षक र व्यापारीलाई विभिन्न भूमिगत संगठन र समूहको नामबाट पत्र, फोन र एसएमएसमार्फत रकम माग्ने क्रम सुरु भएको आजको अन्नपूर्णमा समाचार छ ।
भूमिगत संगठन थारु मधेसी मुक्ति मोर्चाले पर्साका सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकलाई जनही एक हजार रुपैयााका दरले रकम बुझाउन उर्दी नै जारी गरेको छ । मोर्चाले पर्साका नौवटा श्रोत केन्द्रमा चिठी नै पठाएर रकमका लागि उर्दी जारी गरेको हो ।
भूमिगत समूहकहो नामबाट रकमका लागि उर्दी जारी भएपछि सामुदायिक विद्यालयका शिक्षकममा खैलाबैला मच्चिएको छ । चन्दा रकम नदिए वा प्रहरीलाई खवर गरे मोर्चाले भौतिक कारबाही गर्ने धम्की दिएको छ । मोर्चाको उर्दी पछि शिक्षकहरुले असुरक्षित महसुस गरेका छन् । News24Nepal.com बाट
मधेसमा फेरि भूमिगत समूहको चन्दा आतंक, प्रहरीलाई खवर गरे भौतिक कारबाही गर्ने धम्की
Posted by Unknown
Posted on 6:12 AM
with No comments
Related News you might like to see :
Labels:
news
0 comments:
Post a Comment