Home » » साना नानीलाई पनि तपाईं-हजुर

साना नानीलाई पनि तपाईं-हजुर


काठमाडौं- विशालनगर, विशालबस्तीस्थित शिक्षा प्रिस्कुलमा पुग्दा सानासाना नानी स्वतन्त्र रूपमा भिन्नभिन्न क्रियाकलाप गरिरहेका थिए। उनीहरू इच्छाअनुसार खेल र अभिनय माध्यमबाट सिकिरहेका थिए।
शिशु कक्षामा सहजकर्ता मुना महर्जनले नानीहरूलाई अभिनय र खेल माध्यमबाट दैनिकीसँग जोडिएका विषयवस्तु सिकाइरहेकी थिइन्।
मुनाले कक्षामा फलफूल, तरकारी, रङ, जनावरलगायत विषयगत ज्ञानलाई घरि फ्ल्यास कार्ड, चार्ट पेपर र चित्रकला देखाएर त घरि जनावरको स्वर निकालेर अभिनय गर्दै सिकाउँदा नानीहरू हाँसेर सिक्न र बु‰न कोसिस गरिरहेका थिए।
यो स्कुलमा सहजकर्ता, शिक्षक र बाहिरबाट पुग्ने जोकोहीले तपाईं, हजुर जस्ता सम्मानजनक शब्द र व्यवहार गर्नु अनिवार्य छ। यसले नानीहरूमा सानैदेखि आफूभन्दा ठूलालाई आदर गर्ने व्यवहारको विकास हुने स्कुलको दाबी छ।
मुनाले नानीहरूलाई सम्बोधन गर्दा पनि तपाईं र हजुर जस्ता शब्द प्रयोग गर्थिन्। कारण हो, नानीहरूलाई आदरार्थी शब्दसँग परिचय गराउनु। मुनाले जसरी बोल्थिन्, नानीहरू पनि उस्तै व्यवहारका साथ बोल्थे।
'नानीहरूलाई हप्काएर वा दबाबमा सिकाउँदा मानसिक तनाव हुन्छ,' सहजकर्ता मुनाले नागरिकसँग भनिन्, 'कक्षामा खेलाएर र रमाइलो वातावरणमा सिकाउनुपर्छ।' उनले थपिन्, 'यसबाट सिकाइ उपलब्धि निकै प्रभावकारी हुन्छ।'
शिक्षक मुनासँग नानीहरुले घरमा विहानदेखि बेलुकासम्मको गर्ने गरेको कृयाकलाप समेत बाड्छन्। 'आमा बुवाले घरमा कस्तो ब्यवहार गर्छन्। नानीहरुलाई के मनपर्छ।उनीहरुको मन पर्ने विषय कुन हो। सबै कुरामा उनीहरुले मसँग खुले भन्छन्,'शिक्षक मुनाले सुनाइन्'कतिपय कुरा आमाबुवालाई थाहै हुदैन रहेछ। मैले अभिभावकसँग नानीहरुको मनपर्ने र नमनपर्ने कुरा सेयर गर्छु।' उनले थपिन्, 'यसले अभिभावकले समेत आफना बच्चाबारे राम्ररी थाह पाउने गरेको सुनाउँछन्।'
आमाबुवा दुबै कामकाजी भएको कारण नानीहरुसँग धेरै समय विताउँन सक्दैनन्। तर स्कुलमा महिला शिक्षकहरु नानीहरुसँग घुलमेल हुने भएकोले धेरै कुराहरु थाह पाउने गरेको शिक्षकहरुको अनुभव छ।
शिक्षा स्कुलमा शिशु कक्षादेखि युकेजीसम्म ४० विद्यार्थी छन्। प्रिन्सिपल गीताञ्जली सिंहले सबै नानीलाई सिकाउन र हेरचाह गर्न महिला शिक्षकहरुको ब्यवस्था गरेको बताइन्। स्कुलले प्रत्येक दिन नानीहरूको सिकाइ क्रियाकलापको विवरण अभिभावकलाई पठाउँछ र राय लिन्छ।
शिक्षा स्कुलको अर्को मुख्य विशेषता हो याहा नानीहरुलाई सिकाउदेखि उनीहरुको स्याहारमा खटिने सबै महिला शिक्षकहरु आफनो सन्तान भएका आमाहरु छन्।
आमाहरुसँग नानीहरु खुलेर आफनो मनको कुरा भन्न सक्ने र भएकोले महिला र आफनो सन्तान भएका शिक्षकहरुनै स्कुलले ब्यवस्था गरेको प्रिन्सिपल गीताञ्जली सिंहले जनाइन्।
महिला शिक्षकहरुले पनि नानीहरुलाई झर्को नमानी मातृत्व प्रदान गर्दै सिकाउने गरेकोले नानीहरु निकै खुशीसाथ सिक्छन्।
'हामीले नानीहरूलाई कहिल्यैं कर र दबाबमा सिकाएनौं, सिकाउँदैनौं,' प्रिन्सिपल सिंहले भनिन्, 'हाम्रा नानी कक्षामा आउनसाथ आआफ्नो रुचि अनुसार शैक्षिक सामग्री प्रयोग गरी विषयवस्तु खेलेरै सिक्छन्।'
कामकाजी अभिभावकका लागि पनि सहज हुनेगरी यो स्कुलले डेकेयरको व्यवस्था गरेको छ। दुई वर्षदेखि ५ वर्ष उमेरमुनिका नानीलाई सुरक्षित र रमाइलो वातावरणमा क्षमताअनुसार दक्ष बनाउनु स्कुलको लक्ष्य रहेको सिंहले बताइन्।
स्कुलमा बालबालिकाले धेरै समय बिताउने भएकाले पूर्ण रूपमा घरायसी वातावरण बनाएर सिकाउनुपर्ने प्रिन्सिपल सिंहको भनाइ छ।
Nagarik News बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved