बेइजिङ- प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी औपचारिक भ्रमणक्रममा आइतबार चीनको राजधानी बेइजिङ आइपुगेका छन्। चिनियाँ प्रधानमन्त्री लि खछयाङको निमन्त्रणामा आठ दिने भ्रमणमा आएका प्रधानमन्त्री ओलीलाई बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका विदेश मन्त्रालयका उपमन्त्री लीउ जेन मिनले स्वागत गरेका थिए। चीनका लागि नेपाली राजदूत महेशकुमार मास्के तथा परराष्ट्र मन्त्रालय र दूतावासका उच्चपदस्थ अधिकारी पनि प्रधानमन्त्रीलाई स्वागत गर्न विमानस्थल पुगेका थिए।
प्रधानमन्त्री ओली काठमाडौँबाट बिहान ११ बजे चीनका लागि प्रस्थान गरी पाँच घन्टाको उडानपछि स्थानीय समयअनुसार साँझ ६ः२० मा बेइजिङ आइपुगेका थिए। प्रधानमन्त्रीको भ्रमण टोली हिमालय एअरलाइन्सको विमानबाट बेइजिङ आइपुगेको हो। भ्रमण टोलीमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, वाणिज्यमन्त्री दीपक बोहरा, प्र्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, सांसद, व्यापारिक समुदाय, सञ्चारकर्मीलगायत सहभागी छन्।
ओली बिहीबार साँझ राजधानी बेइजिङस्थित डिआओयुताइ स्टेट गेस्टहाउसमा रहने छन्। उनले सोमबार चिनियाँ राष्ट्रपति सि जिन पिङसँग भेटघाट गर्ने कार्यक्रम छ। ग्रेट हल अफ दि पिपुलमा समकक्षी लीसँग पारस्परिक हित र साझा चासोका विषयमा द्विपक्षीय औपचारिक वार्ता गर्ने र प्रधानमन्त्रीद्वयको उपस्थितिमा महŒवपूर्ण सम्झौता तथा समझदारीपत्रमा दुवै मुलुकका उच्च अधिकारीले हस्ताक्षर गर्ने कार्यक्रम छ।
प्रधानमन्त्रीले ...चाइनिज पिपल्स पलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्स'का अध्यक्ष यु झेङसेङसँग पनि भेटवार्ता गर्ने, रेनमिन विश्वविद्यालयमा विद्वतवर्ग, प्राज्ञ र व्यापारीवर्गको उपस्थितिमा आयोजना हुने ...बेल्ट एन्ड रोड इनिसिएटिभ्स' विषयको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ। उनको उपस्थितिमा सांघाइ सहयोग संगठन (एससिओ) को संवाद साझेदारी प्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ। साथै उनले चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषदमा नेपाली र चिनियाँ व्यापारीको उपस्थितिमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
Nagarik NeWS बाट
Home »
international news
» बेइजिङमा ओली
बेइजिङमा ओली
Posted by Unknown
Posted on 7:36 PM
with No comments
Labels:
international news
0 comments:
Post a Comment