Home » » मलेसियाले कामदार नलिए नेपाललाई के हुन्छ ?

मलेसियाले कामदार नलिए नेपाललाई के हुन्छ ?


मलेसिया सरकारले विदेशी कामदार नलिने घोषणा गरेपछि नेपालको वैदेशिक रोजगार व्यवसाय तरंगित भएको छ । अघिल्लो वर्षसम्म सबैभन्दा बढी कामदार गएको देशले अब नलिँदा पर्न सक्ने असरबारे सर्वत्र चर्चा चुलिएको छ ।
कोही यो निर्णयले नेपालको अर्थतन्त्र धराशयी हुने तर्क गर्छन् त कोही आत्मनिर्भर बन्न सघाउने ठान्छन् । मलेसिया जाने कामदारलाई लक्ष्य गरी व्यवसाय गर्नेहरु लगानी डुब्ने भन्दै आत्तिएका छन् ।
मलेसिया जाने घटिरहेका बेला अघिल्लो महिना अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अधिकारी सम्मिलित टोली मलेसिया गएको थियो । टोलीले त्यहाँको अवस्था सन्तोषजनक नभएको बताएपछि मलेसिया विदेशी कामदार लिनबाट हच्केको देखिन्छ ।
हुन त मलेसियाले कामदार लिने उसकै स्वार्थका लागि हो , नेपालको युवाशक्ति बेरोजगार भयो भनेर होइन । कामदारसँग ठूलो रकम लेबी उठाए पनि कम पारिश्रमिक र हेपाहा व्यवहार गरिरहेको मलेसियाले स्रोत मुलुकबाट व्यवहार सुधार्न परेको दबाब खेप्न नसकेर कामदार नलिने घोषणा गरेको देखिन्छ । यसले नेपाललाई खासै असर नपर्ने केही व्यवसायी र सरकारी अधिकारी बताउँछन् । मलेसियामा कार्यरत नेपालीको अवस्था बुझेर फर्किएका वैदेशिक रोजगार विभागका महानिर्देशक केदार बोगटी भन्छन्, ‘कामदारमाथि भइरहेको व्यवहारले गर्दा मलेसिया पठाउन सोच्ने बेला आएको थियो ।’ आजको नागरिक दैनिकमा रुद्र खड्काको टिप्पणी छापिएको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved