तिराना (अल्बानिया) – संसारभर दर्शकको मन जित्न टिभी च्यानलहरुले विभिन्न स्किम ल्याउने गर्छन्। टिभी च्यानलको हिट बढाउन अल्बानियाको एक न्युज च्यानलले समाचार वाचिकालाई टपलेस रुपमा समाचार भन्न लगाएको छ।
दर्शकलाई नग्नताबारे खुलेर अभिव्यक्ति प्रस्तुत गर्न जाजेर टिभीकी समाचार वाचिकालाई टपलेस बनाएर समाचार भन्न लगाएको सो टिभी च्यालन सञ्चालकले बताए। सामाचार वाचिकाले समाचार वाचन गर्दा खुला कोट मात्र लगाएर समाचार भनिरहेको दृश्य गत वर्ष पहिलोपटक टिभी र इन्टरनेटमा सार्वजनिक भएको थियो।
च्यानल सञ्चालकले त्यसलाई हालसम्म निरन्तरता दिएको बताए।
'अल्बानियामा समाचारहरु राजनीतिक शक्तिबाट प्रभावित छ। दर्शकलाई सूचना भनेको नग्न हुन्छ भन्ने कुरा बुझाउन हामीले यो शैली अपनाएका हौं,'च्यानल सञ्चालक इन्मेद दृष्टिले भने,'हामी सेक्स बेच्दैनौं। हामी समाचारलाई जस्ताको तस्तै उतार्छौं। यो दुवै प्रतिकात्मक र राम्रो प्रचारको लागि गरेका हौं।'
२४ वर्षीया समाचार वाचिका ग्रिता होस्हेजका जाजेर टिभीको लागि टपलेस रुपमा देखिन्छिन। 'मैले पाँच वर्ष स्थानीय टिभीमा काम गरे जहाँ मलाई कसैले ध्यान दिएनन्,'समाचार वाचिका ग्रिताले एएफपीसँग भनिन्,'अहिले यो च्यानलमा काम गरेको केही पछुतो छैन कारण तीन महिनामा स्टार भइसकेकी छु।'
उनले सिड्नीको अष्ट्रेलियन टिभी च्यानलको लागि तीन हजार युरोको जागिरको प्रस्ताव पाइसकेकी छिन्।
अल्बेनियन पत्रकार संघका अध्यक्ष अलेक्ज्यान्डर सिपाका अनुसार जाजेर टिभीको नयाँ शैलीले समाचार बिक्रीमा खासै महत्व नराख्ने प्रतिक्रिया दिए। 'नग्नताले दर्शकलाई आकर्षण गरेपनि मिडियाभित्रको अभावलाई पुरा केही गर्न सक्दैन्।'
यस्तो पनि : 'टपलेस' समाचार वाचिका
Posted by Unknown
Posted on 11:01 PM
with No comments
Related News you might like to see :
Labels:
All Latest News Videos,
amazing world
0 comments:
Post a Comment