Home » » जानकी मन्दिर तोडफोडका आरोपित धरौटीमा रिहा

जानकी मन्दिर तोडफोडका आरोपित धरौटीमा रिहा

जनकपुरस्थित जानकी मन्दिरभित्र तोडफोड गरेको
आरोपमा पक्राउ परेका जनकपुर उपमनपा–९
थापाचोक बस्ने ४० वर्षीया शिला झा र
उमाप्रेमपुरका २१ वर्षीय अशोककुमार परसैला जिल्ला
अदालतको आदेशमा बुधबार रिहा भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जानकी
मन्दिरको दर्शन गरेर फर्केपछि उनीहरूले मन्दिरभित्र
प्रवेश गरी तोडफोड गरेको आरोप लागेको थियो ।
जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद
पराजुलीको इजलासले आरोपितलाई जनही रु ७०
हजार धरौटीमा रिहा गर्ने आदेश दिएको अदालतका
रजिस्ट्रार नन्दकिशोर यादवले बताउनुभयो ।
राष्ट्रपतिको आगमनपछि विरोधमा उत्रेका मधेसी
मोर्चाका कार्यकर्ताले जानकी मन्दिरभित्र प्रवेश
गरी मन्दिरको गर्भ गृह तोडफोड गरेका थिए । मन्दिर
तोडफोड गरेको आरोपमा झा र परसैलालाई गत पुस ९
गते प्रहरीले नियन्त्रणमा लिएको थियो । रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved