काठमाडौँ, २७ माघ । नेपाली काँग्रेसका
सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील
कोइरालाको अन्त्येष्टि समारोहमा भागलिन
भुटान सरकारका तर्फबाट त्यँहाका गृहमन्त्री
दावा ल्योन्पोले नेतृत्व गर्नुभएको एक
प्रतिनिधिमण्डल मंगलबार यहाँ आइपुगेको छ ।
सो प्रतिनिधि मण्डल सहित गृहमन्त्री ल्यान्पोले
केहीबेर अघि दशरथ रङ्गशाला पुगि स्व
कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जलि
अर्पण गर्नुभयो । कोइरालाको निधनको खबर
पाएपछि मन्त्री ल्योन्पो गए राति काठमाडौँ
आउनुभएको थियो ।
यसैबीच, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले
पूर्वप्रधानमन्त्री कोइरालाको निधनप्रति शोक
सन्देश पठाई समवेदना प्रकट गर्नुभएको छ ।
काँग्रेस विदेश विभाग प्रमुख सुजाता
कोइरालामार्फत प्रधानमन्त्री तोब्गेले
पठाउनुभएको सन्देशमा नेपाली काँग्रेस र नेपाली
जनताका लागि दुःखद् खबर हो, भन्दै, यस विपद्को
घडीमा धैर्य धारण गर्न आग्रह गर्नुभएको छ ।
यसअघि भारतीय विदेशमन्त्री सुष्मा स्वराज,
भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका नेता
सीताराम यचुरी, नेता शरद यादव, भारतीय
प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित
डोबललगायतको भारतीय टोली नेपाल आएर
कोइरालालाई श्रद्धाञ्जली अपर्ण गरिसकेको छ ।
स्व कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गर्न
रङ्गशालामा बिहानैदेखि सर्वसाधरणको भीड
लागेको छ । रासस
Home »
Nepali News
» भुटानका गृहमन्त्रीद्वारा कोइरालाप्रति श्रद्धाञ्जलि
भुटानका गृहमन्त्रीद्वारा कोइरालाप्रति श्रद्धाञ्जलि
Posted by Unknown
Posted on 12:34 AM
with No comments
Related News you might like to see :
Labels:
Nepali News
0 comments:
Post a Comment