Home » » आजको राशिफल हेर्नुहोस्....

आजको राशिफल हेर्नुहोस्....

वि.सं. २०७२ साल फागुन ९ गते। आइतबार। इश्वी सन् २०१६ फेब्रुवरी २१ तारिख।नेपाल संवत् ११३६ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– चतुर्दशी, २२:३५ बजेउप्रान्त पूर्णिमा।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesटाढिएका साथीभाइ नजिकिनेछन्। पारिवारिक भेटघाटको समय छ। घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ। आत्मीयजनसँग भेटघाट होला। सरसफाइ तथा सजावट सम्बन्धी काममा आकर्षित भइनेछ। कृषि तथा पशुबाट लाभ हुने समय छ। बिग्रिएको सम्बन्ध र पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ। चिन्तन तथा एकान्तमा मन रमाउनेछ।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusउद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। शुभचिन्तकहरूले पूर्ण समर्थन नदिन सक्छन्। पुरानो समस्याले केही झमेला आइलाग्ला। दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। तापनि, नयाँ काममा हात हाल्न सकिनेछ। प्रतिस्पर्धाबाट लाभ मिल्नेछ। मेहनत गर्दा प्रशस्त धन आर्जन हुन सक्छ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiकाममा विघ्नबाधा उपस्थित हुन सक्छन्। आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ। अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्न बुद्धिमानी हुनेछ। प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन्। मान–सम्मानमा आघात पर्ने देखिन्छ। तापनि, प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerविभिन्न अवसर आए पनि मौकाको फाइदा उठाउन नसकिएला। समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला। भेटघाटको अलमलले काम रोकिन सक्छ। आश्वासन दिनेहरूले झुक्याउलान्। रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoटाढाको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। केही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक कामकाजमा फाइदा होला। मनको डर उत्साहमा रूपान्तरित हुनेछ। पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ। अनुकूल स्थानान्तरण हुनाले फाइदा उठाउन सकिनेछ।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoआम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। विभिन्न भौतिक साधनहरू जुट्नेछन् भने गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। अध्ययनमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraकाम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला। प्रतिष्ठा र पदको आश्वासन देखाउनेहरूले घात गर्नेछन्। शासकवर्गबाट पनि धोका हुन सक्छ, सचेत रहनुहोला। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ। आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। पढाइलेखाइमा समय दिन नसकिएला। व्यापारमा पनि कमै फाइदा हुनेछ।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioसानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। भाग्योन्नतिको समय छ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusकाममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिनेछ। गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ। तापनि, सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ। स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुन सक्छ।

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornकेही बाध्यतामा अलमलिनुपर्ला। सामान्य विवादमा समेत परिने योग छ। तापनि, दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। हतियार तथा सवारी साधन उपयोग गर्दा सावधानी अपनाउनुहोला।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusव्यापार तथा उद्योगतर्फ फाइदाको योग छ। अधिकारका लागि भने अलि संघर्ष गर्नुपर्ला। शत्रु तथा प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नुपर्ने देखिन्छ। तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesलगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रयत्न गरेका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। अध्ययनमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट सामान्य लाभ मिल्नेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved