Home » » कोइरालाको निधनले समग्र दक्षिण एसियामा अपुरणीय क्षतिः बंगलादेश

कोइरालाको निधनले समग्र दक्षिण एसियामा अपुरणीय क्षतिः बंगलादेश

काठमाडौँ, २७ माघ । नेपाली काँग्रेसका
सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील
कोइरालाको असामयिक निधनमा गहिरो दुःख
व्यक्त गर्दै बङ्गलादेश र अमेरिकाले शोक व्यक्त गरेका
छन् ।
बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले नेपाली
काँग्रेसका कार्यबाहक सभापति रामचन्द्र
पौडेललाई आज एक शोक सन्देश पठाएर दिवङ्गत
नेताप्रति हार्दिक श्रद्धाञ्जलि एवम् नेपाली
काँग्रेस, नेपाली जनता र शोकाकूल परिवारजनमा
हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।
सन्देशमा प्रधानमन्त्री हसिनाले नेता कोइराला
एक राजनेता तथा लोकप्रिय नेता हुनुहुन्थ्यो भन्दै
इतिहासको कठिन परिस्थितिमा उहाँले
देखाउनुभएको दृढ नेतृत्व तथा महान् सीप र नेतृत्वको
स्मरण गर्नुभएको छ । उहाँले श्री कोइरालाको
निधनबाट नेपालमात्र नभई समग्र दक्षिण
एसियामा अपुरणीय क्षति भएको बताउनुभएको छ

बङ्गलादेशको स्वतन्त्रता सङ्ग्रामका बेला उहाँले
निर्वाह गर्नुभएको निःस्वार्थ एवम् साहसपूर्ण
भूमिकाको आफ्नो मुलुकले सधैँ स्मरण गरिरहने उल्लेख
गर्दै प्रधानमन्त्री हसिनाले सन्देशमा स्वर्गीय
कोइरालाको आत्माको चिरशान्तिको कामना
गर्नुभएको छ ।
यसैबीच, यहाँस्थित अमेरिकी राजदूतावासले पनि
नेता कोइरालाको निधनमा नेपाली जनताप्रति
सहानुभूति एवम् ऐक्यबद्धता प्रकट गरेको छ ।
प्रजातन्त्रका हिमायती नेता कोइरालाको
प्रधानमन्त्रीत्वकालमा नयाँ संविधान जारी हुनु
महान् उपलब्धि भएको भन्दै अमेरिकाले नेपालको
प्रजातान्त्रिक भविष्यप्रति प्रतिबद्ध कोइराला
भावी पुस्ताका निम्ति दृष्टान्त बन्ने विश्वास
व्यक्त गरेको छ । रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved