Home » » बाबुरामलाई अर्काे धक्का, आफ्नैले साथ छाडे नयाँ शक्तिका तीन नेता एमाओवादीमा फर्किए

बाबुरामलाई अर्काे धक्का, आफ्नैले साथ छाडे नयाँ शक्तिका तीन नेता एमाओवादीमा फर्किए

काठमाडौं, १८ मंसिर । नयाँ शक्ति अभियानमा
जुटेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई
अर्काे धक्का लागेको छ । नयाँ शक्ति निर्माण
अभियानमा लागेका तीन केन्द्रीय नेता
एमाओवादीमा प्रवेश गरेपछि बाबुरामको
अभियानलाई असर परेको हो ।
एकीकृत नेकपा माओवादीका महासचिव
कृष्णबहादुर महरा निकट स्रोतका अनुसार
बाबुरामलाई छाडेर दुई नेताले त केन्द्रीय
समितिको बैठकमा भाग लिएका छन् भने एकले
आत्मलोचना गर्दै पार्टी फर्किएको सन्देश दिएका
छन् ।
बिहीबार बसेको केन्द्रीय समितिको बैठकमा
धनश्याम यादव र उपेन्द्र साह उपस्थित भएका थिए
। उनीहरुले केही समय अघि देवेन्द्र पौडेलेको नेतृत्वमा
४५ केन्द्रीय नेताले एमाओवादी परित्यागको
घोषणा गरेका थिए ।
बिहीबार पेरिसडाँडाको बैठकमा उपस्थित भएका
यादवले आफू बहसका लागि गएको तर, माक्र्सवाद
छाडेका कारण फर्किएको स्पष्टिकरण दिएका
थिए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved