Home » » काँकडभिट्टा नाकाबाट साढे चौरासी लाख लिटर इन्धन भित्रियो

काँकडभिट्टा नाकाबाट साढे चौरासी लाख लिटर इन्धन भित्रियो


दमक, १८ मङ्सिर । झापाको काँकडभिट्टा
नाकाबाट अढाई महिना अवधिमा साढे ८४ लाख
लिटर इन्धन भित्रिएको छ ।
भित्रिएको इन्धन र ग्यासबाट रु १४ करोड ८३ लाख
४५ हजार राजस्व उठेको मेची भन्सार कार्यालय
काँकडभिट्टाले जनाएको छ । भित्रिएको इन्धनमा
२४ लाख ३४ हजार लिटर पेट्रोल, ५० लाख ३९ हजार
लिटर डिजेल, सात लाख २० हजार लिटर हवाई
इन्धन र दुई लाख ९२ हजार लिटर मट्टितेल रहेको छ ।
मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत
भिम अधिकारीका अनुसार सो नाकाबाट
नाकाबन्दीपछि खाना पकाउने एलपी ग्यास १४
लाख ८७ हजार ९४६ किलो भित्रिएको छ । गत
असोज ६ गतेदेखि भारतले अघोषित रुपमा
नाकाबन्दी लगाएको हो । रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved