काबुल, १८ मङ्सिर । तालिवानका वरिष्ठ कमाण्डर
एवम् सो आतङ्ककारी समूहका प्रमुख मुल्लाह अख्तर
मन्सुरको मृत्यु भएको समाचार छ । गोली लागेर
गम्भीर रुपमा घाइते भएका अख्तरको मृत्यु भएको
अधिकारीहरुले शुक्रबार पुष्टि गरेका छन् ।
गत बुधबार उनी आफ्ना लडाकूहरुसँग नै भिडन्तमा परेर
घाइते भएका अफगान सरकारले शुक्रबार जानकारी
दिएको छ । आफ्नो आन्तरिक विषयमा भएको
विवादमा परी उनी र उनका सेनाको विवाद
भएको थियो । पछि गोली प्रहारसम्म भएको
सरकारी सूचनाले जनाएको छ ।
भिडन्तमा गम्भीर रुपमा घाइते भएका अख्तरको मृत्यु
भएको समाचार शुक्रबार अफगान सरकारले
सार्वजनिक गरेको हो ।
तालिवान आतङ्ककारी समूह दुई गुटमा बाँडिएपछि
यो घटना भएको जनाइएको छ । पूर्व तालिवान
नेता मुल्लाह मोहमद ओमारको मृत्यु भएपछि मुल्लाह
अख्तर मन्सुरले उनको स्थान लिन सफल भएका थिए ।
गत जुलाईको अन्त्यमा ओमारको मृत्यु भएको पुष्टि
भएको थियो । त्यसपछि तालिवानले आफ्नो
आन्तरिक विधिबाटै उनलाई नेतामा नियुक्त गरेको
हो । रासस/सिन्ह्वा
Home »
Nepali News
» आफगान सेनालाई अर्काे
सफलताः तालिवान प्रमुख
मुल्लाह अख्तर मारिए
आफगान सेनालाई अर्काे सफलताः तालिवान प्रमुख मुल्लाह अख्तर मारिए
Posted by Unknown
Posted on 11:41 PM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment