Home » » रक्सौल नाकाबाट धर्नामा बसेका मोर्चाका कार्यकर्ता लखेटिए, पाँच जना घाइते

रक्सौल नाकाबाट धर्नामा बसेका मोर्चाका कार्यकर्ता लखेटिए, पाँच जना घाइते

वीरगन्ज, मंसिर १७ । वीरगन्जको रक्सौल नाकामा धर्नामा बसेकामधेसी मोर्चाका कार्यकर्ता भारतीय पक्षबाट लखेटिएका छन् ।बुधबार राति ९ बजे भारतबाट लाठीसहित नेपाल प्रवेश गरेकोभारतीय समुहले मितेरी पूलमा धर्नामा बसेकामाथि अन्धाधुन्धआक्रमण गरी मोर्चाका कार्यकर्तालाई लखेटेका छन् ।आक्रमणमापाँच जना आन्दोलनकारी घाइते भएका छन् । घाइतेमध्ये एक जनाकोअबस्था गम्भीर छ । घाइते सबैको वीरगन्जस्थित नारायणीउपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।आक्रमणपछि आन्दोलनकारी तितरबितर भएका थिए । सोही समयकोफाइदा उठाउँदै एउटा भारतीय ट्रक रक्सौल छिरेको छ ।भारतीयहरुले मोर्चा कार्यकर्ताले टांगेको पालसमेत भत्काएका छन् ।भारतीयहरु फर्किएसँगै गएरातिबाट मोर्चाका कार्यकर्ता पुनःधर्नामा बसेका छन् ।मोर्चाका कार्यकर्ताले विगत अढाई महिनादेखि नाकामा बसेरधर्ना दिइरहेका छन् । सोही ट्रक भारत छिराउनका लागिभारतीयहरुले आक्रमण गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।



Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved