मंसिर १७, २०७२- भारतीय
प्रधानमन्त्री नरेन्द्र मोदीसँग
भेटवार्ता हुने संकेत मिलेपछि
घरफिर्तीको तालिका समेत रोकेर
दिल्ली बसाईं लम्ब्याएका
परराष्ट्रमन्त्री कमल थापा,
प्रधानमन्त्रीसँग भेटघाट हुन नसक्ने
जानकारी पाएपछि बिहिबार बिहान
नेपाल वायुसेवा निगमको नियमित
उडानबाट काठमाडौं फिर्दैछन् ।
सुरक्षा सल्लाहकार अजित डोबलसँग
बुधबार राती भेटवार्ता गरेपछि
नाकाबन्दी खुल्ने दिशामा ‘थप
सकारात्मक’ बन्दै प्रधानमन्त्री मोदीसँग
भेट गर्ने पर्खाइमा रहेका थापाले
प्रधानमन्त्रीसँग हुन नसक्ने जानकारी
बिहिबार बिहान मात्रै पाएका हुन् ।
‘अहिले देखिएको आपूर्ति अवरोध
खुलाउन नेपाल भारत दुवैतर्फ सहजीकरण
जरुरी छ,’ उच्च स्रोतका अनुसार
प्रधानमन्त्री कार्यालयबाट आएको
सन्देशमा भनिएको छ, ‘थप वार्ता र
संवादको वातावरण तयार गर्नमा र
आन्दोलनरत पक्षले सीमावर्ती नाका
पुर्याइरहेका अवरोध हटाउनमा
तदारुकता हुनुपर्ने देखिएको छ ।’ उच्च
स्रोतका अनुसार मन्त्री थापाले
भारतीय प्रधानमन्त्री मोदीसँग
संक्षेपमा फोनवार्ता गरेका थिए ।
मधेसी मोर्चासँग वार्ता गर्ने सरकारी
समितिका संयोजक समेत रहेका मन्त्री
थापाले बेंग्लोरस्थित धार्मिक गुरु
रविशंकरसँग भेट गर्दै धार्मिक–
कुटनीतिको उपायबाट दिल्लीमा
सकारात्मक वार्ताको वातावरण बन्ने
अपेक्षा गरेको उनका निकटवर्तीले बताए
। थापाको आग्रहमा बुधबार भारतीय
विदेश मन्त्री सुषमा स्वराजसँग भेटवार्ता
भएको थिए ।
भेटमा स्वराजले, ‘मधेसी मोर्चासँग संवाद
र सहमतीको सन्देश सुन्न दिल्ली
पर्खिरहेको,’ भन्ने जवाफ मात्रै दिएकी
थिइन् । उनले संविधान संशोधनको
सरोकार र सीमांकन मामलामा उठेको
बहसबारेमा पनि मन्त्री थापाको
ध्यानाकर्षण गराएकी थिइन् । यसैबीच,
नेपालको नाकाबन्दी स्थिती र
राजनीतिक सरोकारमा भारतको
राज्यसभामा दर्ता भएको विशेष
महत्वको प्रस्तावमा बिहिबार अपरान्ह
विदेश मन्त्री स्वराजले जवाफ दिने
भएकी छिन् ।
मन्त्री थापासँगै दिल्लस्थित राजदूत
दीपकुमार उपाध्याय पनि काठमाडौं
फिर्दैछन् । भुटानका लागि समेत राजदूत
रहेका उपाध्याय आफ्नो ओहोदाको
प्रमाणपत्र बुझाउने क्रममा काठमाडौं हुँदै
थिम्पू हिँडेका हुन् ।
Home »
Nepali News
» मोदीसँग भेट नहुने भएपछि मन्त्री थापा फिर्ता....
मोदीसँग भेट नहुने भएपछि मन्त्री थापा फिर्ता....
Posted by Unknown
Posted on 8:05 PM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment