Home » » पुर्वराजा ज्ञानेन्द्रका कारण नाकाबन्दी लम्बीने

पुर्वराजा ज्ञानेन्द्रका कारण नाकाबन्दी लम्बीने


१६ मंसिर
काठमाडौं । पुर्वराजा ज्ञानेन्द्रका कारण नाकाबन्दी अझै लम्बीने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको
पछिल्लो आशय नेपालमा राजसंस्थालाई कुनै न कुनै स्थान दिनुपर्ने भन्ने रहेको छ ।
संविधानमा हिन्दु राज्य र पुर्व राजाको हैसियत नतोकीएसम्म नेपालमा नाका नखोल्ने भारतीय प्रधानमन्त्रीको
चाहना रहेको बताइएको छ । पछिल्लो समय मोदीले आफ्ना सुरक्षा सल्लाहकारलाई नेपालसँग डिल गर्दा यो विषयलाई
प्राथमिकता दिन भनेको उच्च स्रोतको दाबी छ ।
भारतले नेपाली राजदुत दिपकुमार उपाध्यायलाई पनि तपाईंसँग डिल गरेर कुरा नमिल्ने भन्दै उनलाई हेप्ने र पन्छाउने काम
गर्न थालेको छ ।
भारतीय प्रधानमन्त्री मोदीले पुर्वराजासँग कुनै न कुनै स्थान दिलाउने बचन दिएकाले अहिले समस्या आएको एक
कुटनीतिज्ञ दाबी गर्दछन् ।
भारतले संविधान संशोधन मार्फत् हिन्दु राज्य र पुर्व राजालाई स्थान मिलाइदिने मात्र नभएर सीमांकन परिवर्तन
गराएर आफ्नो मुलुकसँग जोडीएका स्थानहरुलाई सहज बनाउन पनि खोजेको छ ।
उस्ले तराईका जिल्लाहरुलाई नटुक्रयाई प्रदेश बनाउनुपर्ने जस्ता कुराहरु घुमाउरो ढंगले राखेको छ । भारत भ्रमणमा गएका
उपप्रधानमन्त्री कमल थापालाई प्रधानमन्त्री मोदीले कुनै स्थान दिएनन् ।
थापाले केवल उनका सुरक्षा सल्लाहकारसँग भेट पाए । सुरक्षा सल्लाहकारले पनि घुमाउरो भाषमा थापा समक्ष यीनै
परिफेरीमा आधारीत प्रस्ताव राखेका थिए । भारतले अब नेपालले आफ्नो सुझाव नमाने घोषित नाकाबन्दी नै गर्ने
घम्की समेत दिन थालिसकेको छ

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved