Home » » नेपालमा नाकाबन्दी गरेको भारतमा विपत्तिः चेन्नईमा भीषण बाढी, दिल्लीमा आईएस घुस्यो

नेपालमा नाकाबन्दी गरेको भारतमा विपत्तिः चेन्नईमा भीषण बाढी, दिल्लीमा आईएस घुस्यो


काठमाडौं, १६ मंसिर । भनिन्छ जसले अन्याय गर्छ त्यसको विनाश अवश्य हुन्छ । यो भनाईको अहिले भारतसँग ठ्याक्कै
मिल्न पुगेको छ । अर्काे भनाई ‘पाप धुरिबाट कराउछ’ले पनि ठ्याक्कै मेल खाएको छ ।
आन्तरिक मामिलामा हस्तक्षेप गर्न नेपालमा नाकाबन्दी लगाइरहेको भारतले त्यसको सजायँ भोगेको भन्न थालिएको छ
। हाल भारतमा देखिएको विपत्ति र संकट हेर्दा पशुपतिनाथले नाकाबन्दीको सजायँ दिएको धेरैले भनेका छन् ।
दुई महिनादेखिको नाकाबन्दीले नेपाली जनताले कष्टकर जनजीवन भोगिरहेका बेला भारतमा पनि विपत्तिले नेपालजस्तै
कष्टकर जीवन बनाइदिएको छ । चेन्नईमा भीषण वर्षापछिको बाढीले दुई सय मानिसले ज्यान गुमाएका छन् भने दिल्लीमा
आतंकवादीको डर बढेको छ ।
भीषण बाढीले चेन्नईमा करिब ५० लाख मानिस घरबाहिर बसिरहेका छन् । जनजीवन ठप्प बनेको छ । समाचार संस्था
रोयटर्सका अनुसार रेल र हवाई सेवा बन्द गरिएका छन् । यातायात विस्थापित भएको छ । लाखौं जनता विद्यतुबाट
बञ्चित छन् ।
उद्दारका लागि सेना परिचालन गरिएको छ । चेन्नईका प्रहरी प्रमुख जेके त्रिपाठीका अनुसार अस्पतालभित्र पानी
पसेर विरामीको समेत विजोग भएको छ । नेपालले भूकम्पका बेला भोगेको कष्ट भन्दा ठूलो संकट चेन्नईमा देखिएको छ ।
यस्तै, नेपालमा नाकाबन्दी गरेर विश्व नेताको दौडमा लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारलाई
आतंकवादी संगठन इश्लामिक स्टेटले चुनौति दिन थालेको छ अर्थात धम्की दिएर डराउन थालेको छ । आईएस मात्रै अन्य
संगठनले पनि भारतमाथि आँखा गाडेका छन् । विश्वमा भएका सम्मेलनमा गएर आतंकवादविरुद्ध लड्नु भारतको पहिलो
प्राथमिकता भएको बताउने मोदीलाई आफ्नो देशमा हुनसक्ने आतंकवादी हमलाको त्रास छ ।
भारतीय च्यानल एबीपी न्यूजका अनुसार दिल्लीमा आईएसका केही लडाकू प्रवेश गरिसकेका छन् । उनीहरुले हवाई स्थल,
प्रधानमन्त्री निवास र राजधानीलाई केन्द्र बनाएर हमलाको योजना बनाइरहेको बताइएको छ । केही समाचारमा
आतंकवादी लडाकू नेपालको बाटो भएर दिल्ली पुगेको अनुमान समेत गरिएको छ । यसक्रममा दिल्लीबाट दुई
पाकिस्तानी जासुसलाई समेत पक्राउ गरिएको छ ।
एबीपीको समाचारमा भनिएको छ– ‘पहिला पेरिस र त्यसपछि अफ्रीकी देश मालीमा भएको आतंकवादी हमलापछि
देशको राजधानी दिल्लीमा पनि टेरर(आतंकवादी)–अलर्ट जारी गरिएको छ । यहाँ सम्भावित आतंकवादी हमलाको
सम्भावना बढेको छ । आईएसका केही लडाकूहरु पाकिस्तान र नेपालको बाटो भएर दिल्ली छिरेको अनुमान गरिएको छ ।
दिल्ली एयरपोर्टमा एउटा खास कमाण्डो खटाइएको छ । यसको जिम्मा दिल्ली पुलिसका डीसीपी डी के गुप्तालाई
दिइएको छ ।’
दिल्लीमा आईएसदेखि डराएर मोदी सरकारले महत्वपूर्ण स्थानमा सुरक्षा बढाएको हो । यसका बीच यदि कुनै घटना
भइहाले भारतमा आतंकवादको थप डर पैदा हुनेछ । अनि मोदीको चेत खुल्नेछ छिमेकीको महत्व के हुन्छ भनेर । नेपालसँग
सहकार्य गरेर गए भारतलाई आतंकवादसँग राहत मिल्नेछ । किनभने नेपाल भारतबीच खुला सीमाना छन् । अधिकांश
आतंकवादीको रुट नेपालबाटै हुने गरेको यसअघिका घटनाले समेत देखाइसकेका छन् ।
त्यसकारण नेपालमाथिको नाकाबन्दी खोलेर मोदीले नेपालसँग माफी माग्नुमै भलाई हुने धेरै नेपालीहरुको सुझाव छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved