Home » » मोदीकै कारण आइएसद्वारा भारतविरुद्ध युद्धको घोषणा

मोदीकै कारण आइएसद्वारा भारतविरुद्ध युद्धको घोषणा

नयाँ दिल्ली, मंसिर १७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कै
कारण भारत असुरक्षित हुने देखिएको छ । अन्तर्राष्ट्रिय आतंकवादी
संगठन इस्लामिक स्टेट (आइएस) ले मोदीकै कारण भारतविरुद्ध युद्धको
घोषणा गरेको छ ।
आफ्नो नयाँ घोषणापत्रमा आइएसले इराक र सिरियाबाहिर प्रभाव
जमाउने योजना अन्तर्गत भारतलाई निशाना बनाइने उल्लेख गरेको
हो ।
भारतमा धार्मिक द्वन्द्वलाई मोदीले बढावा दिएको उल्लेख गर्दै
आइएसले भारतविरुद्ध युद्धको उदघोष गरेको हो । भारतमा मोदी
सरकारले इस्लामविरोध भावना फैलाएको तथा मुस्लिम समुयाद
असुरक्षित हुँदै गउको भन्दै आइएसले मोदी सरकारकै कारण भारतमा युद्ध
थालनी गर्नुपर्ने अवस्था आएको उल्लेख गरेको छ ।
अंग्रेजी भाषामा प्रकाशित भारतीय अखबार ‘इन्डियन एक्सप्रेस’ का
अनुसार आइएसले घोषणापत्रमा भनेको छ, ‘नरेन्द्र मोदी एक
दक्षिणपन्थी हिन्दु राष्ट्रवादी हुन् जो हतियारको पुजा गर्दछन् ।
उनी भविष्यमा मुस्लिमविरुद्ध युद्धका लागि समर्थकहरुलाई तयार
पारिरहेका छन् र उनीसँग मुस्लिमविरुद्ध युद्धका लागि सशस्त्र सेना
पनि छ ।’ (एजेन्सी)

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved