काठमाडौं, मंसिर १७ । नेपाललाई चिढ्याएकोमा भारतीय
प्रधानमन्त्री नरेन्द्र मोदी दिन प्रतिदिन आफ्नै मुलुकमा आलोचित
हुँदैछन् । नेपालको मामलामा पछिल्लो पटक मोदीको आलोचना
गर्ने नेताको सूचीमा उत्तर प्रदेश राज्यका मन्त्री आजम खाँ रहेका
छन् ।
उनले नेपालजस्तो मित्र राष्ट्रलाई पनि विश्वासको दायरामा
राख्न नसकेकोमा मोदीको कडा
आलोचना गरेका छन् ।
उनले भारतको विदेश नीतिको आलोचना गर्दै भने, ‘भारतको विदेश
नीति यस्तो भइसकेको छ कि पाकिस्तानमात्र नभई नेपाल,
श्रीलंका, चीन पनि दुश्मन बन्दै गइरहेका छन् ।’
बुधबार गोरखपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा
करिब ५० मिनेट खर्चिएका उनले अधिंकाश समय मोदीको आलोचना
गरे ।
यसअघि बिहारका पूर्व मूख्यमन्त्री तथा राष्ट्रिय जनता दलका
नेता लालुप्रसाद यादवले पनि मोदीको आलोचना गरेका थिए ।
नेपालजस्तो निकट मित्रराष्ट्रलाई चिढ्याएकोमा लालुले
मोदीको आलोचना गरेका थिए । (एजेन्सी)
Home »
Nepali News
» नेपाललाई चिढ्याएकोमा आफ्नै मुलुकमा
आलोचित हुँदैछन् मोदी
नेपाललाई चिढ्याएकोमा आफ्नै मुलुकमा आलोचित हुँदैछन् मोदी
Posted by Unknown
Posted on 8:01 PM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment