Home » » गृहमन्त्रीले भने- अब तराई मधेसमा गाडी चल्छ, रोक्नेलाई कडा कारवाही हुन्छ राजमार्ग अवरोध गर्नेमाथि बल प्रयोग गर्न निर्देशन

गृहमन्त्रीले भने- अब तराई मधेसमा गाडी चल्छ, रोक्नेलाई कडा कारवाही हुन्छ राजमार्ग अवरोध गर्नेमाथि बल प्रयोग गर्न निर्देशन

सुनसरी, १३ मंसिर । गृहमन्त्री शक्ति बस्नेतले तराई
मधेसमा सहज रुपमा सवारी चल्ने बताउनुभएको छ ।
सुनसरीको पकलीस्थित सशस्त्र प्रहरीको पूर्वी
मुख्यालयमा भएको सुरक्षा बैठकमा सहभागी
भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्रीले बस्नेतले
बन्द रहेका तराई मधेसका राजमार्ग सूचारु हुने
बताउनुभयो । उहाँले भन्नुभयो– अब तराईका
राजमार्गका गाडी गुड्छन् । रोक्नेमाथि कडा
कारवाही हुन्छ । बल प्रयोग हुन्छ ।
क्षेत्रीय बैठकमा मन्त्री बस्नेतले राजमार्ग खुलाउन
सुरक्षा निकायलाई कडा निर्देशन समेत दिनुभएको
छ । हाल मधेसी मोर्चाको बन्दको कारण तराईमा
एकसय भन्दा बढी दिनदेखि सार्वजनिक सवारी
चलेका छैनन् ।
प्रहरीले रातको समयमा स्कर्टिङ गरेमात्रै सवारी
गुड्छन् । उहाँले मधेसमा भइरहेको गतिविधिको सुक्ष्म
अध्ययन भइरहेको र राजनीतिक बाहेकका
गतिविधिलाई निरुत्साहित गर्दै जाने भनाई
राख्नुभयो ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved