काठमाडौँ, १३ मङ्सिर । नेपाली काँग्रेसका
महामन्त्री कृष्णप्रसाद सिटौलाले अहिलेको
संविधानबाट मुलुकले स्थायित्व नपाउने
बताउनुभएको छ ।
संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुभएका
नेता सिटौलाले संसद्को तल्लो सदनमा पनि
मिश्रित निर्वाचन प्रणालीको व्यवस्था
गरिएकाले मुलुकले स्थायित्व नपाउने बताउनुभयो ।
नेपाल विद्यार्थी संघ त्रि–चन्द्र क्याम्पस इकाइ
समितिले आयोजना गरेको अन्तरक्रियामा
महामन्त्री सिटौलाले तल्लो सदनमा सबै प्रत्यक्ष र
माथिल्लो सदनमा समानुपातिक व्यवस्था गर्नुपर्ने
काँग्रेसको प्रस्तावलाई अस्वीकार गरिएकाले मुलुक
अस्थिरताको सिकार हुन लागेको तर्क गर्नुभयो ।
तत्कालीन संविधानसभाअन्तर्गतको संविधान
मस्यौदा समितिका सभापतिसमेत रहनुभएका
सिटौलाले तल्लो सदनमा पनि समानुपातिकको
व्यवस्था गरिएको प्रति आफूलाई अहिलेसम्म पनि
चित्त नबुझेको उल्लेख गर्नुभयो । उहाँले सबैलाई समेटेर
लैजाने नाममा चित्त नबुझ्दानबुझ्दै पनि कतिपय
गलत विषय र व्यवस्थाहरु नयाँ संविधानमा परेको
बताउनुभयो ।
उहाँले भन्नुभयो, “नयाँ संविधान बनेपछि नेपाललाई
आर्थिक समृद्धिको बाटोमा लैजानुपर्ने थियो,
आर्थिक समृद्धिका लागि राजनीतिक स्थायित्व
अनिवार्य हुन्छ, तर राजनीतिक स्थायित्व दिन
नसक्ने संविधान बनेकाले आर्थिक समृद्धि पनि
पछाडि धकेलिएको छ ।”
महामन्त्री सिटौलाले मानिसको गरिबी, रोग,
भोक, अशिक्षा नहटेसम्म मानिसको दिमागमा
विद्रोहको भावना रहिरहन्छ र मौका पाउन साथ
विद्रोह प्रकट हुन्छ भन्दै मुलुकलाई फेरि पनि
अस्थिरतामै रुमल्याउने फोहोरी खेलमा पुग्ने
अवस्था देखापरेको बताउनुभयो । रासस
Home »
Nepali News
» आफै संविधान बनाउने
सिटौलाले भने- यो संविधानले
मुलुकलाई स्थायित्व दिँदैन
आफै संविधान बनाउने सिटौलाले भने- यो संविधानले मुलुकलाई स्थायित्व दिँदैन
Posted by Unknown
Posted on 7:25 AM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment