काठमाडौं, १३ मंसिर । बंगलादेशका प्रधामन्त्री
सेख हसिनाले नेपाललाई बंगलादेशबाट सहयोग
लैजान प्रस्ताव गर्नुभएको छ ।
भारतको नाकाबन्दीकाबीच उहाँले आफ्नो देशको
सयदपुर विमानस्थल तथा चटगाउँ र मोङ्ला
बन्दरगाहमार्फत व्यापार गर्न नेपालसँग प्रस्ताव
गर्नुभएको हो ।
प्रधानमन्त्री हसिनाले बंगलादेशका लागि
नेपाली राजदूत हरिकुमार श्रेष्ठको विदाइ भेटमा
नेपालसँग व्यापार विस्तार सहयोगको प्रस्ताव
गर्नुभएको प्रधानमन्त्रीका प्रेस सेक्रेटरी इन्सानुल
करिमले जानकारी दिनुभयो ।
ढाकास्थित प्रधानमन्त्री निवासमा भएको
भेटमा हसिनाले नेपाली जनताले भोग्नुपरेको
समस्यामा सहयोग गर्न बंगलादेशको सरकार तयार
रहेको समेत बताउनुभयो ।
Home »
Nepali News
» बंगलादेशी प्रधानमन्त्रीको प्रस्ताव- भारतबाट दुःख
पाएको नेपाललाई हामी सहयोग गर्छाै,
आफ्नो विमानस्थल र बन्दरगाह प्रयोग गर्न आग्रह..
बंगलादेशी प्रधानमन्त्रीको प्रस्ताव- भारतबाट दुःख पाएको नेपाललाई हामी सहयोग गर्छाै, आफ्नो विमानस्थल र बन्दरगाह प्रयोग गर्न आग्रह..
Posted by Unknown
Posted on 7:09 AM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment