काठमाडौं— नेपाली सेनाका पूर्व प्रधान सेनापति
तथा जर्नेलहरुले तराईमा भइरहेको हिंसा अन्त्य गर्न
नेपाली सेना जानु नहुने बताएका छन्। प्रहरीले आफ्नै
चौकीको सुरक्षा गर्न नसकेको भन्दै सरकारले
राजमार्ग र नाकाको सुरक्षाका लागि सेना
परिचालन गर्ने चर्चा भइरहेको बेला जर्नेलहरुले यस्तो
अभिव्यक्ति दिएका हुन्।
प्रधान सेनापति राजेन्द्र क्षेत्रीले आयोजना गरेको
अन्तरक्रियामा बोल्दै उनीहरुले देशमा उत्पन्न समस्या
राजनीतिक भएकाले यथाशीघ्र राजनीतिक तवरबाट
समाधान हुने विश्वास व्यक्त गरेका थिए।
'उहाहरुले हाल तराईमा उत्पन्न भएको परिस्थिति
राजनीतिक समस्या भएकोले यथाशिघ्र राजनीतिक
तवरबाटै समस्याको समाधान हुनेमा आशावादी
रहेको धारणा राख्नुभयो', नेपाली सेनाद्वारा
जारी विज्ञप्तिमा भनिएको छ।
स्मरणीय छ भारतीय राजदूत रणजीत रायले पनि
तराईको समस्या राजनीतिक भएको भन्दै संविधान
संशोधनमार्फत् समाधान खोज्न आग्रह गर्दै आएका छन्।
Home »
Nepali News
» तराई नजान सेनालाई पूर्व
जर्नेलहरुको सल्लाह
तराई नजान सेनालाई पूर्व जर्नेलहरुको सल्लाह
Posted by Unknown
Posted on 6:56 AM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment