Home » » चिन्ता बढ्यो नेपाली सेनालाई...

चिन्ता बढ्यो नेपाली सेनालाई...



नेपाली सेनाले मुलुकको
समसामयिक परिस्थितिबारे
सङ्गठनका अग्रजसँग आवश्यक
जानकारी लिएको छ ।
सैनिक मुख्यालय जङ्गी अड्डामा
आज आयोजित अन्तरक्रियामा
सहभागी पूर्व प्रधान सेनापति र
अवकाश प्राप्त रथीबृन्दले देशमा
उत्पन्न वर्तमान असहज
परिस्थितिमाथि गम्भीर
चिन्ता र चासो व्यक्त गर्नुभएको
सैनिक जनसम्पर्क निर्देशनालयले
जनाएको छ ।
तराई मधेसमा उत्पन्न समस्या
‘राजनीतिक’ भएको जनाउँदै
उहाँहरुले राजनीतिक तवरबाटै यो
समस्याको शीघ्र समाधान हुने
विश्वास व्यक्त गरेका छन् ।
नेपाली सेना संविधानसम्मत
विधि र प्रक्रिया पुर्याई
नेपालको स्वतन्त्रता,
सार्वभौमसत्ता, भौगोलिक
अखण्डता, स्वाधीनता र
राष्ट्रिय एकताको रक्षार्थ एवम्
आमजनताको जीउधन सुरक्षाका
लागि अवस्था, परिस्थिति र
आवश्यकतानुरुप तैनाथीका लागि
तयारीमा रहनुपर्ने धारणा र
सुझाव अन्तरक्रियामा आएको
निर्देशनालयद्वारा जारी
विज्ञप्तिमा जनाइएको छ ।
सो अवसरमा नेपाली सेनाको
वर्तमान अवस्था, भावी
कार्यदिशा एवम् नेपाली सेनासँग
सम्बन्धित विषयवस्तुमा
जानकारीमूलक ढङ्गबाट
अन्तरक्रिया भएकोे जनाइएको छ ।
नेपाली सेनाका विभिन्न
निर्देशनालयद्वारा वस्तुस्थिति,
प्रधान सेनापतिको नेतृत्व र मार्ग
निर्देशन, नेपाली सेनाको नीति
तथा भावी योजना र
कल्याणकारी योजनालगायत
अन्य समसामयिक विषयवस्तुमा
पनि गहन छलफल गरिएको थियो ।
सङ्गठनमा रहेर लामो अनुभव, ज्ञान
र सीप आर्जन गर्नुभएका
पूर्वप्रधानसेनापति र रथीबृन्दबाट
आएका रचनात्मक टिप्पणी,
सल्लाह र सुझावले सेनालाई अझ
बढी सक्षम एवम् सबल बनाउन आधार
प्रदान गर्ने नेपाली सेनाले
विश्वास लिएको छ । रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved