मधेस आन्दोलन र नाकाबन्दीबारे आधिकारिक
धारणा आउने
काठमाडौं, १३ मंसिर । प्रमुख प्रतिपक्षी दल
नेपाली कांग्रेसको बैठक अपराह्न पाँच बजे बस्दैछ ।
सभापति सुशील कोइराला अमेरिकाबाट
फर्किएपछि पहिलोपटक कांग्रेस केन्द्रीय
पदाधिकारी बैठक बस्न लागेको हो । कोइराला
निवास महारागञ्जमा बस्ने बैठकमा मधेस आन्दोलन
र भारतीय नाकाबन्दीबारे छलफल हुने प्रवक्ता
दिलेन्द्रप्रसाद बडूले जानकारी दिए ।
उक्त बैठक कोइरालाले नै बोलाएका हुन् । उनले भने-
‘मधेस आन्दोलनका माग कसरी सम्बोधन गर्ने र
नाकाबन्दी खोल्न कसरी अगाडि बढ्ने विषयमा
छलफल गरी पार्टीले आधिकारिक धारणा बनाउँछ
। बैठकमा केन्द्रीय नेताहरुलाई बोलाइएको छ ।’
अमेरिकाबाट फर्किएपछि सभापति एवं
पूर्वप्रधानमन्त्री कोइराला वर्तमान समस्या
समाधानका लागि सक्रिय भएका छन् ।
0 comments:
Post a Comment