काठमाडौँ, १३ मङ्सिर । सूचना तथा सञ्चार
प्रविधिमन्त्री शेरधन राईले सीमाकङ्नको विषय
राजनीतिक लचकताका साथ आपसी वार्ता र
संवादबाट चाँडो टुङ्गोमा पु¥याउन सरकार तयार
रहेको बताउनुभएको छ ।
प्रेस चौतारी नेपालको ज्ञापनपत्र बुझ्दै मन्त्री
राईले तराई–मधेस केन्द्रित दलका नेतासँग
अनौपचारिक र औपचारिक छलफल चलिरहेकाले
समस्याको राजनीतिक र विधिसम्मत समाधानमा
जोड दिनुभयो । सरकारका प्रवक्ता राईले
संविधानको कार्यान्वयन गरी लोकतान्त्रिक
परिवर्तनको उपलब्धि रक्षा नै मुख्य कार्यभार
भएको तर यसमा सुधार्नुपर्ने तथा अपूरा पक्षका
लागि संवैधानिक बाटाबाट समाधान हुनुपर्ने
स्पष्ट गर्नुभयो ।
उहाँले अघोषित नाकाबन्दीको अवस्थाका कारण
मुलुकको सञ्चारलगायत क्षेत्र प्रभावित भएकाले
यसको अन्त्यका लागि भारत सरकारलाई आग्रह
गरिएको दोहो¥याउनुभयो ।
सञ्चार सङ्ग्रहालय प्राथमिकतामा
मन्त्री राईले इन्धन अभावका कारण
सञ्चारमाध्यमको प्रकाशन र प्रसारणमा अवरोध
नहोस् भन्नेतर्फ आफू गम्भीर रहेको बताउँदै सम्बन्धित
निकायसहितको संयन्त्र बनाई आपूर्तिमा
सहजीकरण गराउने विश्वास दिलाउनुभयो । उहाँले
नयाँ सञ्चार नीतिको तर्जुमाका लागि कार्यदल
र आमसञ्चार प्रतिष्ठान गठन, श्रमजीवी पत्रकार
ऐनको कार्यान्वयन र सञ्चार सङ्ग्रहालयको
स्थापनाका काममा आफूले प्राथमिकता दिने
जानकारी पनि दिनुभयो ।
चौतारीका अध्यक्ष राजेन्द्र अर्यालले श्रमजीवी
पत्रकार ऐनको कार्यान्वयन लगायत बीसबुँदे
ज्ञापनपत्र बुझाउनुभएको थियो । रासस
Home »
Nepali News
» ‘संघीयताको विषय
राजनीतिक संवादबाट
टुंग्याएर मधेसको समस्या चाँडै
समाधान हुन्छ’
‘संघीयताको विषय राजनीतिक संवादबाट टुंग्याएर मधेसको समस्या चाँडै समाधान हुन्छ’
Posted by Unknown
Posted on 3:06 AM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment